राष्ट्रपति ओबामा फिलिपिन्समा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार १४:२३

मनिला १५ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा फिलिपिन्स पुग्नु भएको समाचार छ । हाल एसिया भ्रमणमा रहनुभएका उहाँ एसिया भ्रमणको अन्तिम पाइलाका रुपमा उहाँ सोमबार बिहान त्यहाँ पुग्नुभएको बताइएको छ ।

राष्ट्रपति ओबामाले एसियका कतिपय स्थानमा देखिएको आन्तरिक सीमा विवादका साथै अन्य विवादको समाधानका लागि सो भ्रमण गर्नुभएको हो ।

सोमाबर बिहानमात्र उहाँ फिलिपिन्स पुग्नुभएको एएफपी समाचार समितिका फोटो पत्रकारले जानकारी दिएका छन् । मलेसियाको दुई दिने भ्रमण सकेर उहाँ फिलिपिन्सतर्फ लाग्नु भएको समाचारमा उल्लेख गरिएको छ ।

फिलिपिन्समा उहाँ रहँदा अमेरिका र फिलिपिन्स बीचको नयाँ रक्षा नीतिका साथै सुरक्षाका विभिन्न क्षेत्रका बारेमा कुराकानी हुने बताइएको छ ।

उहाँ विगत छ दिनदेखि एसियाको भ्रमणमा रहनु भएको छ । सो भ्रमणका क्रममा उहाँले विभिन्न देशका सरकार प्रमुखहरुसँग एसियाली क्षेत्र समसामयिक मुद्दामा कुराकानी गर्नुभएको थियो ।
हालैमात्र युक्रेनमा देखिएको असुरक्षा र अस्थिरताका बारेमा पनि उहाँले विभिन्न देशसँग छलफल एवम् परामर्श गर्नुभएको थियो ।

यस भ्रमणका क्रममा राष्ट्रपति ओबामाले युक्रेनको क्रिमिया क्षेत्र रसियामा गाभिएको तथा यसका कारणले भएको राजनीतिक अस्थिरताका बारेमा कुराकानी गर्नुभएको थियो ।

यस अवधिमा राष्ट्रपति ओबामाले एसियाका तीन मुलुक जापान, दक्षिण कोरिया, मलेसियाको भ्रमण गरिसक्नुभएको छ ।

प्रतिक्रिया