२१ औं क्यान इन्फोटेक २०१५ असहज व्यवस्थापन र महंगो शुल्क

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७१, बिहीबार ०८:२१

canकाठमाडौं,१५ माघ ।
काठमाडौं सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला ‘क्यान इन्फोटेक’ भृकुटीमण्डपमा अव्यवस्थत रुपमा शुरु भएको छ । मेला उद्घाटन शुरु हुदै गर्दा इन्फोटेकमा स्टलहरु डेकोरेसन भइसकेका थिएनन् । स्टलका सामानहरु यताउता छरिएका थिए भने आयोजकहरु उद्घाटन सत्रकै रौनकतामा अलमल्ल देखिन्थे । प्रधानमन्त्रीद्धारा मेला उद्घाटन गर्ने प्रचार गरिए पनि उप प्रधानमन्त्री प्रकाशमान सिंहले मेलाको उद्घाटन गरे ।
मेलामा स्टलहरुको डेकुरेसन पूर्ण रुपमा नसकिएकोले अवलोकनकर्ताहरुले सोचेजति सूचना प्रविधिका उत्पादन तथा सेवाहरुको जानकारी लिन नपाएको बताए । उद्घाटनकै दिन उद्घाटनको रौनकता अल्झिएका आयोजकहरुका कारण प्रदर्शनीकर्ताहरु आ आफ्नै शुरुमा सामान स्टलमा लैजादै देखन्थे भने कतिपय स्टलहरु बनाइदै थिए । मेलास्थलमा स्कुले विद्यार्थीदेखि कर्पोरेट हाउसका कर्मचारीहरु देखए पनि व्यवस्थापनको कमजोरी रहेको भन्दै आफूले चाहेको सूचना प्रविधिका जानकारी लिन नसकेको गुनासो गरे ।

नेपालको सूचना प्रविधि क्षेत्रमा ‘ब्रान्डिङ’ बनिसकेको ‘क्यान इन्फोटेक’ सर्वाधिक चासो राखिने मेला भए पनि पछिल्लो समय यो मेला सूचनामुलक भन्दा पनि व्यापारिक तवरले सञ्चालन हुदै आएको छ । २० लाखभन्दा बढी प्रायोजनमा रकम खर्चिने कम्पनीकै योजनामा मेला अगाडी बढ्छ र हरेक समय प्रायोजकै नाम लिने गरिन्छ । सूचनामुलक जानकारीका गतिविधिहरु त प्राय नगन्य नै हुन्छन् । आइसिटी सचेतताका लागि नयँ काम गर्नेहरुको विचारलाई अल्पमत बनाइन्छ र यो हुदैन त्यो हुदैन। ठूलो संस्था सामूहिक छलफलको निर्णय चाहिन्छ भनेर ओझेलमा पारिन्छ । अनि पुराना सूचना प्रविधिका स्टक सामानहरु विशेष छुट अफर भनेर बिक्री बितरणमा यही मेलामा स्थान दिइन्छ । विश्व बजारमा विकसित सूचना प्रविधिका पछिल्ला प्रविधिहरु एकै ठाउँमा अवलोकन गर्न पाइने हुँदा पनि अन्य मेलाहरुको तुलनामा यो मेला विशेष हुनपर्नेमा नेपालमा भने सूचना प्रविधिका मेलाहरु सूचनामुलक बन्न सकेका छैनन् । जसले गर्दा सर्वसाधारणहरुले सूचना प्रविको प्रयोगमा पाउनुपर्ने जानकारी सही रुपमा पाउन सकेका छैनन् । सूचना प्रविधिका मेलाहरु व्यापारिक बन्दै गर्दा सरोकारवाला निकायहरुको ध्यान जान नसक्दा आइसिटीप्रेमी र सर्वसाधारण सूचना प्रविधिको सही जानकारीबाट ठगिएका छन् ।
२१ औं इन्फोटेकको शुल्क पनि महंगो छ ।मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ भने माघ १८ गतेको विजनेश डे को मा प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेकोले यो मेला सूचनामुलक भन्दा पनि व्यवसायिकमुलक छ भन्दा फरक नपर्ला ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१