क्रिकेटरलाई हेलिकोप्टरबाट उतार्ने योजना रद्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७१, मंगलवार ११:२२

काठमाडौं१३ माघ  – नेपाल विश्व क्रिकेट लिग डिभिजन –१ मा पुगेको भए नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटरलाई एयरपोर्टबाटै हेलिकोप्टरमा उडाएर टुँडिखेल उतार्ने र त्यहआँ राष्ट्रिय कलाकारसहित कन्सर्ट आयोजना गर्ने तयारी गरेको थियो । तर,अन्तिम लिग खेलमा केन्यासँग पराजित हुँदै डिभिजन –२ मै रोकिएपछि क्यानले भव्य स्वागत कार्यक्रम रद्द गरेको छ ।

nepal-final-final1

डिभिजन २ मै रोकिएपछि नेपाली राष्ट्रिय क्रिकेट तोलीले आइसिसीको ठूला प्रतियोगिता खेल्ने अवसर मात्रै गुमाएन,घरभित्र ऐतिहासिक स्वागतको अवसरसमेत गुमायो । हेलिकोप्टरबाट टुँडिखेल पुर्याएपछि क्यानको खेलाडीलाई विशेष कार्यक्रम गरी स्वागत गर्ने तयारी थियो । क्यानले हेलिकोप्टरको व्यवस्था मात्र गरेको थिएन,कन्सर्टका लागि कलाकारसमेत जुटाइसकेको थियो ।

नेपाली टोलीले गत बुधबार आयोजक नामिबियालाई ३ बिकेटले पराजित गर्दै डिभिजन १ को बढुवाको सम्भावना प्रवल बनाएलगत्तै क्यानले हेलिकोप्टर बुकिङ गरेको थियो । क्यानले नेपाली सेना र श्री एयरसँग हेलिकोप्टर पक्का गरिसकेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१