नेपाल डिभिजन १ मा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ माघ २०७१, सोमबार १०:१६

काठमाडौं, १२ माघ – विश्व क्रिकेट लिग डिभिजन २ मा चौथो स्थानमा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ। सँगसँगै, चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट पनि खेल्नेछ।

nepali cricket team

नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको थियो। ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ। बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ (क्यान ( स्रोतले जनायो ।

शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१