इजरायलमा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायल शाखाले आयोजना गरेको एक दिने माउण्ट खर्मन भ्रमण सफल भएको निश्कर्ष निकालेको छ ।
२२ जनावरी राती बसेको स्काइप बैठकले गत साता अर्थात १७ जनावरीमा संस्थाका उपाध्यक्ष भोजराज क्षेत्रीको विशेष पहलमा संस्थाद्धारा आयोजना गरिएको एक दिने हिउँ पहाड खर्मोन भ्रमण पूर्ण रुपमा सफल भएको निश्कर्ष निकालेको हो ।
निरन्तरको वर्षातका बाबजुत पनि संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुसहित ५५ जनाभन्दा बढि नेपालीले भ्रमणमा सहभागीता जनाएका थिए ।
विदेशी भूमिमा काम र घरपरिवारको सामिप्यताको अभावमा उदास भएको मनलाई हलुका पार्न र इजरायलमा रहेका नेपालीहरुबीचको सदासयता र सद्भावना कायम राख्न भ्रमणको आयोजना गरिएको अनेकस इजरायल शाखाकी अध्यक्ष लक्ष्मी अनुरागीले बताउनुभयो ।
इजरायलमा हिउँ पहाडको रुपमा खर्मोन प्रसिद्ध मानिन्छ । खासगरी जाडोको मौसममा पर्यटकहरुको घुइँचो लाग्ने खर्मोनलाई इजरायलले राष्ट्रको आँखाका रुपमा व्यख्या गरेको छ । किनभने यसको उचाईले इजरायलको रणनैतिक चेतावनीको प्राथमिक चरण प्रणाली बनाउँछ । उत्तरी दिशाबाट सिरिया र लेबननको बीच सीमाना रहेको खर्मोन एउटा चट्टानको पहाड हो । यो सामुद्रिक सतहभन्दा २ दशमलव ८ सय १४ मिटर अर्थात ९ दशमलव २ सय ३२ फीट माथी पर्दछ । खर्मोनलाई हिउँको पहाड र सेतो पहाड पनि भनिन्छ । गोलान हाइट्सअन्तर्गत इजरायली सरकारद्धारा प्रवद्र्धित यस पर्यटकीय स्थल हर्मोनमा खासगरी जाडो याममा पर्यटकहरु ज्यादा आउने गर्दछन् । किनभने यही समयमा उजाड डाँडालाई हिउँले पुरेर रमणीय र निख्खर सेतो हिँउको पहाडमा परिणत गरिदिन्छ । जो मनमोहक दृश्य हेर्नका लागि इजरायलबाट मात्र नभई विभिन्न देशका पर्यटकहरुसमेत आउने गर्दछन् ।
अनेकसले आगामी दिनमा पनि यस्ता भ्रमण र सामाजिक गतिविधीका कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
इजरायलका विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका नेपालीहरुद्धारा स्थापित यस संस्था गत डिसेम्बरमा पुनर्गठन गरिएको थियो । डिसेम्बर पहिलो साता बसेको संस्थाको स्काइप बैठकले लक्ष्मी अनुरागीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो ।
पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा भोजराज क्षेत्री र देवकी ढकाल, महासचिवमा रानु सुवेदी, सचिवमा पुजा चौधरी र कोषाध्यक्षमा कोपिला कोइराला निर्वाचित हुनुभएको थियो ।
त्यस्तै गरी कार्यकारी सदस्यहरुमा रईसा सुवेदी, नवराज कुँवर, मुना डुमी, नवीन खरेल, सुस्मिता काप्री, लिला रिजाल, प्रविन दाहाल, लक्ष्मी गड्तौला, अर्जुन पौडेल, राम ढुङगाना र रुपेश विष्ट निर्वाचित हुनुभएको थियो भने संस्थाका सल्लाहकारहरुमा निर्मला खड्का, गणेश गिरि, श्रीकृष्ण भण्डारी र विपिन तामाङलाई सर्वसम्मत चयन गरिएको थियो ।
२२ को बैठकले सर्वसहमतिमा विभिन्न विधाका विभाग छुट्याई संयोजक तथा सदस्यहरुसमेत चयन गरेको छ । साहित्य विभाग, गीतसंगित विभाग र अभिनय तथा नृत्य विभाग छुट्याइएको छ । जसमा साहित्य बिभाग प्रमुख निर्मला खड्का रहनुभएको छ भने सदस्यहरुमा बि.जे बिद्रोही, सुनिता राई, उषा न्यौपाने, सावित्रा लुईटेल, राधा भट्टराई, लिला सुबेदी, नवराज कुँवर, लक्ष्मी अनुरागी र सुस्मिता काप्री रहनुभएको छ ।
गीतसंगित विभाग प्रमुखको जिम्मेवारी नबिन खरेललाई दिइएको छ भने सदस्यहरुमा लक्ष्मी अनुरागी, लक्ष्मी गड्तौला, रानु सुबेदी, सुष्मिता काप्री, प्रविण दाहाल, रईसा सुबेदी र नानु श्रेष्ठलाई दिइएको छ । त्यस्तै गरी अभिनय तथा नृत्य बिभाग प्रमुखको जिम्मेवारी भोजराज क्षेत्रीलाई दिइएको छ भने सदस्यहरुहमा देबकी ढकाल, रुपेश बिस्ट, राम ढुंगाना, पुजा चौधरी, मुना डोमी, कोपिला कोइराला, ममता श्रेष्ठ र नन्दु केसी रहनुभएको छ । त्यस्तै साधारण सदस्यहरुमा निलम गिरि भट्टराई, रुपा लक्सम, उर्मिला श्रेष्ठ र प्रकाश श्रेष्ठलगायतका रहनुभएको छ ।
नेपालबाट विभिन्न शिलशीलामा इजरायल आई बसोबास गरिरहेका नेपालीहरुद्धारा स्थापित यस संस्थाको केन्द्रिय कार्यालय नेदरलैण्डमा रहेको छ । यस संस्थाले खासगरी आप्रवासी नेपाली कलाकारहरुको स्तरोन्नतीको क्षेत्रमा काम गर्दै आएको छ । यद्यपी अबको कार्यसमितिले यसको क्षेत्रधिकार र भूमिकालाई वृस्तीतिकरण गर्दै नेपाली कलाकारीताकै क्षेत्रमा योगदान पु¥याउने उद्देश्य लिएको नवनिर्वाचित अध्यक्ष अनुरागीले बताउनुभयो ।
“हामी नेपाली कलाकारीता क्षेत्र, यसको विकास, आप्रवासी नेपाली कलाकार र नयाँ कलाकारहरुको स्तरोन्नतिका क्षेत्रमा काम गर्नेछौ ।” उहाँले भन्नुभयो ।
स्थापना कालदेखि हालसम्म इजरायलमा दजनौँ कार्यक्रमहरु गरिसकेको यस संस्थाले आगामी दिनमा सृजनात्मक, सामाजिक उत्प्रेरणा जगाउने तथा कलाकारीताको क्षेत्रमा परिवर्तनकामी र प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने महासचिव रानु सुवेदीले बताउनुभयो । अनेकस सचिव पुजा चौधरीले संस्थालाई कलाकारीता क्षेत्रमा खासगरी आप्रवासी नेपाली कलाकारहरुको स्तर विकासको क्षेत्रमा काम गर्ने आम संस्थाभन्दा छुट्टै र प्रभावशाली किसिमले संस्थालाई अघि बढाउने योजना रहेको बताउनुभयो । उपाध्यक्षद्धय भोजराज क्षेत्री र देवकी ढकालले पनि संस्थागत एकतामा जोड दिदै संस्थाको नयाँ कार्यसमतिले सामाजिक गतिविधि खर्मोन भ्रमणबाट सुरु गरिसकेको दाबी गर्नुभयो । कोषाध्यक्ष कोपिला कोइरालाले संस्थाको आगामी कार्यक्रमहरु पनि खर्मोन भ्रमणजस्तै पूर्ण पारदर्शी हुने बताउनुभयो ।
साथै संस्थाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजमा ῾तिज सांस्कृतिक उत्सव २०७२᾿को आयोजना गर्ने र त्यसको पूर्व तयारी थाल्ने निश्कर्ष पनि निकालेको छ ।
प्रतिक्रिया