फोहरमैलाबाट उर्जा उत्पादन गर्ने प्रविधि आउदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार १६:२७

काशी पोखरेल÷बाँके । नेपालगन्जमा उत्पादित फोहर मैलाबाट विद्युत तथा ग्याँस उत्पादन गर्ने तयारी थालिएको छ । नेपालकै सबै भन्दा फोहर शहरको रुप परिचित नेपालगन्जमा फोहर मैलाबाट विद्युत तथा ग्याँस उत्पादन गर्ने सम्बन्धमा प्रारम्भीक सर्वेसमेत भइसकेको छ ।

ग्राण्ड इनर्जी प्रालीको सहकार्यमा तत्कालिन नेपालगन्ज नगरपालिकाबीच भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उर्जा विज्ञ विश्वराज घिमिरेले फिनल्याण्डको प्रविधि भिœयाएर फोहर मैलाबाट उर्जा लगायतका व्यवासायी समाग्री उत्पादन सम्भावना प्रशस्त रहेको बताए । उनले विद्युत, खान पकाउने ग्याँस तथता जैविक मल फोहरमैलाबाट उत्पादन गर्न सकिने बताए ।
उनले फिनल्याण्ड फोहरमैलाबाटै उर्जा, ग्यास उत्पादन हुने गरेको जानकारी दिए । फोहरमैलाबाट उर्जा, ग्याँस लगायतको उत्पादनको सम्बन्धमा अध्ययन गरेका उर्जा विज्ञ घिमिरेका अनुसार नेपालगन्जमा दैनिक २७ टन फोहर निस्कने गरेको छ । जसमध्ये ७६ प्रतिशत सड्न कुहिने पदार्थ मात्रै हुन्छ । नेपालगन्जमा मात्रै फिनल्याण्डको प्रविधिमार्फत सड्न र कुहुने फोहरमैलाबाट ८ मेगावाट विद्युत वा २७६९ केजी उत्पादन गर्न सकिने छ ।
जसमा ३० प्रतिशत ग्याँस खेर गए पनि १९३८ ग्याँस विक्री गर्न सकिने छ । अर्थात १३३ सिलिण्डर ग्याँस दैनिक निस्कने ग्यासँबाट उत्पादन हुन सक्छ । अध्ययन अनुसार नेपालगन्जमा नै उत्पादित फोहरमैलाबाट १८ टन जैविक मल तथा ११ मेगावाट तातो पानी उत्पादन हुन सक्छ ।
ग्राण्ड इनर्जी प्रालि नेपालगन्ज उपमहानगरपलिका तथा उद्योगी व्यवसायीको सहकार्य भएमा नेपालगन्जमा फोहरमैला व्यवस्थापन गरी उर्जा उत्पादन गर्ने प्लाण्ट राख्ने तयारी गरेको छ । ग्राण्ड इनर्जीका कार्यकारी अध्यक्ष पुष्पराज पराजुलीले फिनल्याण्डपछि फोहरबाट उर्जा निकाल्ने प्रविधि नेपालमा नै भिœयाउन लागिएको जानकारी दिए ।
उनले नेपालमा पनि सबैभन्दा बढी विद्युतको समस्या हुने नेपालगन्जमा पाइट प्रोजेक्टको रुपमा सञ्चालन गर्ने तयारी ग्राण्ड इनर्जीले गरेको जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार ४० करोड बराबरको अनुमानित लागतमा नेपालगन्जमा फोहरमैलाको व्यवस्था भई उर्जा उत्पादन हुन सक्ने छ । उनले प्रारम्भीक खर्च बढी भए पनि एकै बर्ष फोहरबाट उर्जा उत्पादन गर्न सकिने जानकारी दिए । उनले नगरपालिका, स्थानिय उद्यमी, व्यवसायी लगायत लगानीको लागि आह्वान गरेका छन् ।
नेपालगन्ज फोहर मैला व्यवस्थापनको लागि एसियाली विकास बैकको सहयोगमा सञ्चालन भइरहेको एकिकृत शहरी विकास आयोजनालाई सहयोग पुरयाउने कार्यकारी अध्यक्ष पराजुलीले जानकारी दिए । नेपालगन्जमा १ अर्ब बढीको लगानीमा ढल निकास र फोहरमैला व्यवस्थापनको लागि शहरी विकास आयोजना सञ्चालनमा छ । आयोजनाका प्रमुख दिपक श्रेष्ठले ग्राण्ड इनजीको परियोजनाले शहरी विकास आयोजनालाई असर नपार्ने बताए । उनले आयोजनाले निर्माण गरेको ल्याण्डफिल्ड साइडको एक कुनामा मेसिन राखेर उर्जा उत्पादन गर्न सकिने बताए ।
नेपालगन्ज उपमहानगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद भुसालले परियोजना सञ्चालन गर्न सकेमा नेपालगन्जबासीलाई फलदायी हुने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ फोहरबाट उर्जा निकाल्ने कुरा अत्यन्त राम्रो भएको बताउँदै सहकार्यको लागि संघ र उद्यमी व्यवसायी तयार रहेको बताए । उनले लोडसेडिङको मार रहेको उद्योगी व्यवसायीको लागि फोहर मैला पनि व्यवस्थापन हुने विद्युत पनि उत्पादन हुने भएको यो प्रविधि उपयुक्त भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१