जुम्ल्याहा सन्तानलाई आफ्नो पेटबाट आफैँ निकालिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार ०६:०७

उनी अष्ट्रेलियाकी महिला हुन् जसले आफ्ना जुम्ल्याहा बच्चाहरुलाई आफ्नो पेटबाट आफै निकालेकी छिन् । उनले शल्यक्रियामार्फत आफ्ना बच्चाहरुलाई जन्म दिएकी छिन् ।

 

क्रिसमसको तीनदिन पहिले न्यू साउथ वेल्समा अवस्थित जोन हन्टर हस्पिटल गेरी वुल्फी, ४१, ले आफ्ना १० औँ र ११ औँ सन्तान, मटिल्दा र भोइलेटको जन्म दिएकी छिन् ।   पाँचौँ पटक शल्यक्रिया गरेकी उनले आफ्नो सन्तानलाई जन्म दिन परम्परागत शैली अपनाउन तयार थिइनन् । गर्भवती भएको ३६ औँ हप्तामा आफ्नो गर्भमा समस्या भएको र शल्यक्रियामार्फत नै सन्तानलाई जन्माउनुपर्ने खबर पाउँदा निकै विक्षिप्त भएको उनले डेली मेललाई बताइन् ।

आफ्ना विगतका शल्यक्रियाको अनुभव राम्रो नभएको बताउने उनले यसपटक भने यस्तो भएको हेर्न नसकेका कारण भिन्न शैली अपनाउन चाहेको बताइन् ।

 

त्यतिबेला नै उनले आफूले अनलाइनमा पढेको तरिका सम्झिइन् – आमाले सहयोग गर्ने शल्यक्रिया । यो एउटा यस्तो प्रक्रिया हो जसमा डाक्टरहरुले परम्परागत रुपमा शल्यक्रिया गर्नेछन् र आमाले भने उनको पेटसम्म हात पुर्याएर आफ्नो सन्तानहरुलाई बाहिर निकाल्नेछिन् ।

आफ्नो बच्चाहरुको जन्म यहि तरिकाले दिने उनले आफ्नो डाक्टरलाई बताइन् । उनको यस्तो इच्छा सुनेर सुरुमा डाक्टरले ‘हुन्न’ भन्ने उत्तर दिए । आफूले चाहेको जसरी पनि पाएरै छाड्ने मिसेज वुल्फीले भनिन्, ‘यो मेरो शरिर हो, यो मेरो जन्म हो र यो मेरो सन्तान हो ।’

केहि अनुसन्धान पछि उनका डाक्टरले आफ्नो मनस्थिती बदले । संक्रमणको खतरा नहुने थाहा पाएपछि उनका डाक्टर वास्तवमा निकै उत्तेजित भएको मिसेज वुल्फीले जानकारी दिइन् । उनी भन्छिन् ,‘ म मेरा सन्तानसँग निकै नजिक हुन चाहन्छु, उनीहरुको जन्म देखि नै । यसलाई म निकै व्यक्तिगत र आत्मिक बनाउन चाहन्थेँ । ’

त्यसकारण डिसेम्बर २२ तारिकका दिन उनी कुइनासम्म आइपुग्ने पञ्जा लगाएर ‘अपरेसन थिएटर’ मा गइन् । त्यसपछि उनी बेडमा पल्टिइन् । तत्पश्चात पञ्जाको पहिलो सेट निकालियो र दोस्रो भागलाई हातमा नै छोडियो । डाक्टरहरुले नभनुञ्जेल उनलाई केहि गर्ने पनि अनुमती थिएन । ‘मलाई केहि पनि छुने अनुमती थिएन । म हल्लिन पनि सक्दैनथेँ । डाक्टरहरुले नभनेसम्म मैले केहि पनि गर्न सक्दैनथेँ । यसकारण म जीवाणुरहित थिएँ, ’ उनले भनिन् । ‘ एकैछिनपछि मेरा डाक्टर मेरो अगाडि झुकेर बच्चाहरु भेट्न तयार भए नभएको सोधे ।’ ‘मैले भने ‘ओ माइ गड’…..हुन्छ, साँच्ची !’

 ‘त्यतिबेलासम्म त्यो साधारण शल्यक्रिया मात्र थियो तर एक्कासी डाक्टरले ‘तलसम्म पुग र बच्चा समात’ भन्ने निर्देशन दिए । ’ ‘मैले मटिल्दालाई समाते र आफ्नो बायाँ पाखुरामा राखेँ । त्यसको केहि बेरमा फेरि डाक्टरले भने, ‘आउ, तिम्रो अर्को बच्चालाई पनि निकाल ।’   ‘भोइलेट टाढा भएकाले उनलाई निकाल्न मलाई अप्ठेरो भइरहेको थियो । तर मैले मेरो दायाँ हातले उनलाई समाते र कसैको मद्दतले मेरो छातीमा राख्न सफल भएँ । त्यसरी मैले मेरा दुई सन्तानलाई नै निकाल्न सफल भएँ ।’ उनी थप्छिन्, ‘यो क्षण मेरो लागि निकै व्यक्तिगत रह्यो – मैले मेरा सन्तानलाई प्राकृतिक रुपमा नै जन्म दिएको जस्तो अनुभव भयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१