विचित्रको होटल, जहाँ भालुसँग नुहाउन पाइन्छ, सिंहसँग खाना खान सकिन्छ (फोटोफिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७१, शुक्रबार ०७:१२

तपाईले कहिल्यै कल्पना गर्नुभएको छ ?  कस्तो अनौठो होटल,  जहाँ सिंहलाई ब्युँझाउन पाइन्छ, भालुसँगै नुहाउन पाइन्छ तथा लेमुरसँग डिनर खान पाइन्छ । यो कोरा कल्पनाको काम जस्तो लाग्ने विषयलाई अस्ट्रेलियाको एक होटलले यथार्थमा परिणत गरिदिएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित राष्ट्रिय चिडियाखाना तथा अक्वारियममा रहेको दी जमला वाइल्डलाइफ लजले आरामदायी बाससँगै  वन्यवातावरणको अनुभुति दिलाउँदैछ ।कल्पना गर्दा पनि स्वर्गिय आनन्द लाग्छ ।

। चिडियाखानाका तिनवटा लोकेसनमा फैलिएको यो लजका १८ वटा कोठामध्ये केही जिराफले पुग्ने रुखका घर जस्ता छन् भने केही जंगली बंगलाजस्ता, जसले वन्जयन्तुसँगको निकै आत्मीय अनुभव प्रदान गर्दछन् ।     एकहप्ता अघिदेखि संचालनमा आएको यो लजका संचालक रिचार्ड टिन्डेलका अनुसार विश्वका संकटापन्न वन्यजन्तुको संरक्षणका विषयमा जनचेतना जगाउनु उक्त लजको मुख्य उद्धेश्य हो । यो लजबाट उठेको नाफामध्येको केही रकम चिडियाखानाले संचालन गरेको वन्यजन्तु प्रजनन कार्यक्रममा खर्च हुनेछ । यो लजमा २६ जनासम्म पाहुना अटाउनेछन् । उनीहरुका लागि पौडी पोखरी, स्पा, खुल्ला बार, वन्यजन्तु अवलोकन कक्ष लगायतका सेवा उपलब्ध छन् । लजका कोठा र चिडिया खानाका वन्यजन्तुको बीचमा पारदर्शी सिसा राखिएको हुन्छ । जहाँ ग्राहकले मज्जाले नजिकै वन्जयन्तुहरुलाई अवलोकन गर्दै खाना खान, नुहाउन तथा सुत्न सक्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१