नेपाल र नामिबिया मैदानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ माघ २०७१, बुधबार १३:५८

cricket

 

विश्व क्रिकेट लिग डिभिजन २ को चौथो खेलमा बुधबार नेपाल आयोजक घरेलु टिम नामिबियासँग भिड्दैछ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यसअघि भएको तीन खेलमध्ये नेदरल्यान्ड्स र क्यानाडामाथि नेपालले विजयी भएको छ भने पहिलो खेलमा युगान्डासँग पराजय भोगेको थियो ।

घरेलु टोली नामिबिया लगातार तीन खेल जिती शीर्ष स्थानमा छ। नेपालले तीनमध्ये दुई खेल जिती दोस्रो स्थानमा छ। नामिबियाले मंगलबार प्रमुख दाबेदार मानिएको नेदरल्यान्डलाई १८८ रनले पराजित गर्‍यो। नेदरल्यान्डले दुई खेल हारिसकेको छ। केन्या, क्यानडा र युगान्डाको पनि यही स्थिति छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१