विश्व क्रिकेट लिग डिभिजन–२ मा आज नेपालले आयोजक नामिबियाको सामना गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ माघ २०७१, बुधबार १२:३४

काठमाडौं ७ माघ  । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आज नेपालले आयोजक नामिबियाको सामना गर्नेछ ।

प्रतियोगिताको तीनमध्ये दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ ।

उता, नामिबियाले भने सुरुआती तीन खेल जितिसकेकाले नेपाललाई आज कठीन चुनौती सामना गर्नुपर्नेछ । आजको खेल जितेको खन्डमा नेपाल प्रतियोगिताकोशीर्ष स्थानमा उक्लिनेछ ।

यसअघि मंगलबारको खेल जित्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१