कक्षा ११ को परीक्षाफल प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७१, सोमबार २०:५३

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्ले गत जेष्ठमा लिइएको कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

सोमबार सार्वजनिक भएको परीक्षाफलअनुसार नियमिततर्फ ४७ दशमलव २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ परीक्षामा सहभागी २ लाख २५ हजार ३ सय ७३ परीक्षार्थीमध्ये १ लाख ६ हजार ५ सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।

जुन गत वर्षभन्दा ७ दशमलव ५ प्रतिशतले बढी हो । गत वर्ष ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । परिषद्का अनुुसार आंशिकतर्फ ३३ दशमलव १५ प्रतिशत अर्थात् ४६ हजार ९ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१