पहिलोपटक साइबर सुरक्षा तथा साइबर कानून सम्बन्धि अन्तराष्ट्रिय कार्यशाला हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७१, सोमबार ०६:४०

साधना बस्नेत/ काठमाडौं

आईटी सर्ट नेपाल  (ITSERT-NP) ले राजधानीमा एकदिने कार्यशाला गोष्ठी गरेको छ । नेपालमा सुचना सुरक्षा अवस्थाको वर्तमान अवस्थालाई अध्ययन गरेर सूचना सुरक्षण कार्य गर्दा हुने आकस्मिक दुर्घटनाको तत्काल उपचार गर्ने र चुनौतीका विषयमा सरोकारबालाहरुलाई जानकारी गराउने उद्देश्यका साथ यस समुहको औपचारिक उदघाटनसहित कार्यक्रम आयोजना गरिएको संस्थाका महासचीव नारायण न्यौपानेले बताउनुभयो ।ITSRN
कार्यक्रममा सूचना प्रविधि र सूचना सुरक्षामा हुनसक्ने आकस्मिक आपतकालीन अवस्थामा सहजता प्रदान गर्ने, सूचना सूरक्षामा आइपर्ने आपतकालीन परिस्थितीको बिषयमा राष्ट्रियस्तरमा जानकारी गराउने, अन्तराष्ट्रि«य स्तरमा भईरहेका पछिल्ला सुचना सुरक्षा सम्बन्धि विकासक्रमहरुको बारेमा छलफल भएको थियो । गराउने उदेश्यले यो सस्थाको स्थापना गरिएको हो ।1
त्यसैगरी समूहले नेपालमा पहिलो पटक साइबर सुरक्षा तथा साइबर कानून सम्बन्धि अन्तराष्ट्रिय कार्यशाला पनि आयोजना गने जनाएको छ । आगामी फेब्रुअरी १९, २० र २१ तारिखमा काठमाडौंमा हुने उक्त कार्यशालामा नेपाल सहित विश्वका विभिन्न देशका विज्ञहरुको प्रतिनिधित्व रहनेछ ।
सूचनामा सुरक्षाका उपायहरु अवलम्बन गर्दागर्दै पनि हुनसक्ने संभावित खतराहरुको बिषयमा जानकारी तथा सुरक्षाका उपायहरुका विषयलाई मध्यनजर गरेर आईटी सर्ट नेपालले भविष्यमा जनचेतना जगाउने, जानकारी दिने र सुरक्षाका उपायहरुको अबलम्बन गर्ने सम्बन्धि कार्यहरु गर्ने कार्ययोजना बनाएको छ । 2

यो समूहले विशुद्धरुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै सुचना सुरक्षाको बारेमा जानकारी प्रदान गर्नेछ । सर्टको विश्वव्यापी संजाल अन्तर्गत यो समूह स्थापना भएको हो । समूहले विश्वमा सूचना सुरक्षा सम्बन्धि जारी भएका कुनैपनि अलर्ट, जानकारी र सुचनाहरु आधिकारीक रुपमा नेपालभर सम्प्रेषित गर्नेछ । यसैगरी सुचना प्रविधि क्षेत्रसँग सम्बद्ध संचारमाध्यम र संचारकर्मीहरुसँग नियमितरुपमा अन्तरक्रिया पनि आयोजना गर्नेछ ।
नेपाली जनतालाई सूचना सुरक्षाका बिषयमा आइपर्ने सम्पुर्ण बिषयमा कार्य गर्न गराउन समन्वयकारी भुमिका निर्बाह गर्ने अभिप्रायले एक सांगठनिक एकताको आवश्यकता महसुस भएकोले, सूचना प्रविधि सुरक्षण आकस्मिक पहुँच समुह स्थापना गरिएको महासचीव न्यानेले बताए । यस समुहले अन्तराष्ट्रिय सर्ट समुहसंग अनुसन्धान तथा सुरक्षा सम्बन्धि सूचनाहरुको आदान प्रदान गर्दछ । सूचना संचार प्रविधिको सर्बसुलभता, व्यापकता संगसंगै यसको सुरक्षा चुनौती आजको विश्वको प्रमुख विषय बन्दै गएको बेला आइटी सर्ट नेपालको स्थापनाले नेपालको सूचना सुरक्षा अभियानमा विशेष सघाउ पुग्ने आइसिटी वित्रहरुले बताएका छन् ।itsrn narayan

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१