एक महिला फुटबलर, जसलाई पुरुष भन्दै लुगा फुकाल्न भनियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०७:४९

काठमाडौं :  जिनोभेभा एनोन्माले फुटबलमा प्राप्त गरेको उपलब्धी तारिफ योग्य छ ।
तर, २७ वर्षकी यी महिला फुटबलरले सुन्दर खेल फुटबलमा यो सफलता प्राप्त गर्ने मार्गमा निकै दु:खदायी प्रतिकुलताको सामना गर्नुपर्यो ।
सन् २००८ मा आफ्नो देश इक्वेटोरियल गुएनालाई पहिलो अफ्रिकी महिला च्याम्पियनसीप फुटबलको उपाधि जिताएकी एनोम्नाले फाइनल खेलमा दक्षिण अफ्रिका बिरुद्ध निर्णायक गोल गरेकी थिइन् ।mahilafootablतर त्यो जितको खुसी धेरै बेर टिक्न पाएन, तत्कालै अन्धकारमा बदलियो जब उनको लैंगिकताको विषयमा प्रश्न उठ्यो ।
बीबीसीसँगको अन्तरवार्तामा सन् २०१२ की अफ्रिकन फुटबलर अफ दि इअर जिनोभिभाले आफुलाई अफ्रिकी फुटबल महासंघका अधिकारी तथा आफ्नो देशको टीमका अगाडि आफुलाई जिउका सबै लुगा फुकाल्न अह्राइएको खुलासा गरेकी छिन् ।
‘म निकै निरास भएँ, मेरो मनोबस गिर्यो र म रोइरहेकी थिएँ । आफु पूर्णरुपमा अपमानित भएको भएपनि समयसँगै मैले त्यसमाथि विजय प्राप्त गरेँ,’ उनले भनेकी छिन् ।mahilafootbalअफ्रिकी फुटबल महासंघले खेलाडिको लिंग छुट्टाउन उसको जिउ नांगो पारेर यौनांग हेर्ने निर्णय गर्नु नै एनोम्नाको यो पीडाको कारण थियो ।
एनोम्नाको यो घटना पहिलो होइन र उनीजस्तै अन्य धेरै प्रतिभाशाली फुटबल खेलाडिहरुले लैंगिकताको विषयमा यस्तै अपमान सहेका छन् ।
सन् २०११ को महिला विश्वकप फुटबलमा उनीसँगै उनको टोलीका अन्य खेलाडि अर्थात् उनकै दुइ बहिनीहरुमाथि समेत लिंग ढाँटेको प्रश्न उठेको थियो ।
नाइजेरिया, साउथ अफ्रिका र घानाले यी तिन महिला खेलाडिहरु वास्तवमा पुरुष रहेको र गुएनाले पुरुष खेलाडिहरुलाई महिला भनेर मैदानमा उतारेको आरोप लगाएका थिए ।
अहिले जर्मन क्लब टर्बाइन पट्सड्यामबाट खेल्ने एनोन्माले आफ्नो लिंगको बारेमा शंका गर्नेहरुलाई शान्त पार्नका लागि आफ्नो लिंगको चिकित्सा परीक्षण गर्न समेत आग्रह गरिन् । तर उनको लिंग पहिचानका लागि अहिलेसम्म पनि कसैले चिकित्सकीय परीक्षण गरेको छैन ।
‘उनीहरुले मलाई बोलाएर तिमीलाई परीक्षणका लागि अस्पताल लगिँदैछ भनेर भन्नेछन् भन्ने आशा थियो तर कहिल्यै यसो गरेनन् । त्यहीँ भएर म एक्लैले आफु पुरुष होइन, महिला हुँ भनेर प्रतिरक्षा गर्नुपरेको छ’, उनी भन्छिन् ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१