वाइफाइको तरंगले क्यान्सर हुने , गर्भवती महिलाहरुले वाइफाई बाट त् झनै जोगिनु पर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०७:२०

एक विवादास्पद अध्ययनले वाइफाइ इन्टरनेट बालबालिकाको स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै बालबालिकालाई वाइफाइको प्रयोगमा सीमा लगाउन अभिभावकहरुलाई आह्वान गरेको छ ।wifaikoasr
जर्नल अफ माइक्रोस्कोपी एण्ड अल्ट्रास्ट्रक्चरमा छापिएको शोध रिपोर्टका अनुसार बालबालिकाको सरीरले वाइफाइका विकिरण बढि सोस्ने भएकाले त्यस्तो विकिरणले उनीहरुको सरीरमा हानी गर्दछ । वाइफाइ विकिरण सोस्ने मामिलामा वयस्कको सरीरभन्दा बालबालिकाको सरीर भनि संवेदनशील रहेको र गर्भको भ्रुणमा वाइफाइको विकिरण अझै जोखिमपूर्ण रहेको शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुले वाइफाइ विकिरणले गर्भको शिशुलाई असर गर्ने भएकाले गोजीमा वाइफाइ युक्त मोबाइल फोन नबोक्न समेत महिलाहरुलाई आग्रह गरेका छन् ।
बालबालिकाको मस्तिष्कको तन्तुहरुको सोस्ने क्षमता बढि हुने, खप्परको हड्डी पातलो हुने र सानो हुने भएकाले बालबालिकाहरुले वाइफाई विकिरण बढि सोस्ने भन्दै शोधकर्ताहरुले वायरलेस डिभाइसबाट उत्पन्न हुने वाइफाइ विकिरणले बालबालिकको सरीरमा क्यान्सर समेत उत्पन्न गराउन सक्ने जोखिम रहेको बताएका छन् । उनीहरुले वाइफाइ विकिरणलाई सम्भावित क्यान्सर गराउने तत्व अर्थात् कार्सिनोजेनको रुपमा लिएका छन् ।
शोधकर्ता तथा बाल स्नायु विशेषज्ञ डाक्टर माया शिटि्रट क्लेनले वायरलेस विकिरणले गर्भको शिशुको मस्तिष्कको विकाशलाई असर पूराउन सक्ने भएकाले गर्भवती महिलाहरु वाइफाइबाट बढि जोगिनुपर्ने बताइन् ।
विज्ञहरुका अनुसार वाइफाइ जस्तो रेडियो वेभ, बल्बहरुबाट आउने प्रकाश विकिरण, माइक्रोवेभ तथा मोबाइल फोनबाट उत्पन्न हुने विकिरण समेत यदि लामो समयसम्म तन्तुमा पर्नेहो भने त्यसले वयस्क मानिसको तन्तुको तापक्रम बढाएको पाइएको छ । कुनै बाह्य विकिरणले तन्तुको तापक्रम बढ्दा उक्त तन्तुमा नकारात्मक असर पुग्दछ ।
शोधकर्ताहरुले गर्भवती महिलाहरुलाई वायरलेस डिभाइसबाट उत्पन्न हुने तरंगबाट जोगिनका लागि जिउमा सकेसम्म मोबाइल बोकेर नहिड्न आग्रह गरेका छन् । त्यस्तै बालबालिकाहरुलाई समेत वायरलेस खेलौना सकेसम्म नखेलाउन र किशोर किशोरीहरुले आफ्नो गोजीमा मोबाइल फोन बोकेर नहिड्न आग्रह गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१