नांगै भएर आफ्नै छात्रालाई ‘प्रेम’ देखाउन खोज्दा गुरुको यो हालत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०७:०५
विश्वविद्यालयमा पढाउने एक जना पाका प्राध्यापक क्याम्पसभित्र नांगिएका छन् । जापानको टोकियास्थित ताइशो विश्वविद्यालयमा कम्प्युटर विज्ञान पढाउने ५५ वर्षका एक प्राध्यापक २१ वर्षकी गर्लफ्रेण्डप्रतिको प्रेम प्रमाणित गर्नका लागि निर्वस्त्र भएका समाचारमा उल्लेख छ ।आफ्नै विद्यार्थी समेत रहेकी युवतीको प्रेममा पागल भएका ती प्रोफेसर साहेब उनै युवतीको आग्रहमा सर्वांग नांगिन तयार भए ।
यदि आफुलाई साँच्चीकै मन पराउने भए विश्वास दिलाउनका लागि तत्कालै कपडा फुकालेर नांगै बन्न युवतीले चुनौति दिएपछि ती प्रोफेसर सबै कुरा भुलेर एकाएक लगाएका कपडा फुकाले ।आफ्नो चोखो प्रेम प्रमाणित गर्नका लागि युवतीका अगाडि नांगै बनेपछि ती प्रेमिकाले आफुलाई अंगालो हालेर लाज छोपिदिन्छिन् भन्ने आशा ती बुढा बुद्धिजिवीमा थियो ।
तर भयो ठ्याक्कै उल्टो । संवेगात्मक रुपमा निकै अस्थिर रहेको भनिएकी ती युवती आफ्नो मायामा पागल भएका प्रोफेसरलाई अँगालो हाल्नुको साटो उनले फुकालेका लुगा लिएर भागिन् ।आफुले प्रेम गरेकी ती युवतीले त्यस्तो बेइमानी गरेपछि प्रोफेसर इन्तु र चिन्तु भए । लाजले खपिनसक्नु भयो ।विश्वविद्यालयले यस विषयमा एक विज्ञप्ती जारी गर्दै ती प्रोफेसरले घटनाप्रति माफी मागेको बताएको छ ।
आफुले मन पराएको मान्छेलाई जोगाउनका लागि आफुले त्यस्तो काम गरेपछि त्यसबाट अर्कै अवस्थाको सिर्जना भएको भन्दै उनले दुख व्यक्त गरेका छन् । आफुले गरेको कामप्रति पश्चाताप गर्दै उनले आफुले निकै असावधानी पूर्वक त्यस्तो काम गरेको बताएका छन् ।
घटनापछि लाजमर्नु भएकाले उनले क्याम्पसबाट राजिनामा दिने सोँच समेत बनाएको बताएका क्याम्पसले जनाएको छ ।तर प्रोफेसर साहेबका कपडा लिएर फरार भएकी युवती केहीबेरपछि भेटिएकी र कपडा फिर्ता दिएकी थिइन् । घटनाको सुखद अन्त्य हुने क्रममा प्रोफेसर र युवती सँगै घरतर्फ गएका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१