राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार ०५:२६

काठमाडौँ,  वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

राजधानीमा भोलिदेखि सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका सदस्य मीनकुमार शर्माले जानकारी दिनुभयो । विद्यालयको राष्ट्रियस्तरको प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँचै टोलीको सहभागिता रहनेछ ।
–ः २८ ः–

उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा ६० खेलाडीले २६ स्वर्ण, भलिबलमा पाँच विकास क्षेत्रका छात्र र छात्रा टोलीले २ स्वर्ण, करातेमा ६० खेलाडीले ८ स्वर्ण तथा उसुमा १२ खेलाडीले ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्समा विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेलाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य शर्माले बताउनुभयो ।

एथलेटिक्सका हरेक व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् भने रिलेमा पहिलो हुनेले एक हजार ५००, दोस्रो हुनेले रु एक हजार र तेस्रो हुनेले रु ५०० सय पाउनेछन् ।

यस्तै, भलिबलमा पहिलो हुने टोलीले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रोे हुनेले रु १५ हजार पुरस्कार पाउनेछन् ।

सो प्रतियोगिताका लागि रु ३३ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियागिताअन्तर्गतका खेलहरु त्रिपुरेश्वरस्थित राखेप हाताभित्र सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१