मेरो खुट्टा भन्दा तिमीहरूको गुप्तांग ठूलो छ… ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७१, शनिबार ०८:३७

काठमाडौं, एक जना १७ बर्षीया चर्चित गायिकाले एक जना पुरूषलाय जबाफ दिन आफ्नो खुट्टामा घुाडासम्म पुग्ने गरी कण्डम लगाएकी छन । यसको फोटोलाइ सामाजिक सञ्जालमा पोष्ट गरेपछि त अहिले उनी समाचारमा निकै छाइरहेकी छन ।

स्विडेनकी किशोरी पप गायिका जारा लार्सनले ठूलो लिंग भएको भन्दै घमण्ड गर्ने पुरुषहरुका नाममा आफुले खुट्टालाई कण्डमभित्र घुसारेको तस्वीर हालै इन्स्टाग्राममा अपलोड गरेपछि अहिले उक्त तश्विर निकै भाइरल भएको छ । जाराले सन् २००८ मा स्विडेनको टेलिभिजन रियालिटी शो जितेपछि उनी चर्चामा आएकी हुन । उनका गिती एल्वमहरुले अहिले ऐतिहासिक व्यापार गरिरहेका छन् ।

समाचार अनुसार उनले आफ्नो लिंग निकै ठूलो भएको र सोही कारण आफुलाई अस्थायी साधन कण्डमको आकार सानो भएर प्रयोगविहिन भएको दाबी गर्ने पुरुषहरुलाई व्यंग्य गर्दै यस्तो काम गरेकी हुन । आफ्नो त्यतिठूलो खुट्टालाई समेत मिल्ने आकारका कण्डम हुादाहुादै कतिपय पुरुषहरुले आफ्नो लिंग कण्डमका लागि ठूलो भन्ने कुराले उनलाइ सनक चढेछ त्यसपछि उनले इन्स्टाग्राममा कण्डम बेरिएको आफ्नो खुट्टाको तस्वीर रखेकी हुन ।

जसमा उनले लेखेकी छन कि ‘कण्डमका लागि मेरो गुप्तांग निकै ठूलो छ भन्ने सम्पूर्ण पुरुषहरुका लागि, मेरो खुट्टा भन्दा ठूलो तिमीहरुको गुप्तांग त छैन होला नी ?’ यस प्रकारको तन्नेरीलाईनै चुनौति दिनेगरि किशोरी गायिकाले यस्तो तस्वीर र सन्देश सोसियल साइटमा आएपछि अहिले यो निकै चर्चित भएको छ ।

हजारौंको संख्यामा मानिसहरूले उक्त पोष्ट लाइक गरिसकेका छन । यस पछि अहिले विदेशी मिडियाहरूले उनको यो हर्कतलाइ प्रकाशन तथा प्रशारण गरेपछि जारा भने अचम्मित भएकी छन । उनले आफुले केवल रमाइलो जोकका रुपमा उक्त पोष्ट इन्स्टाग्राममा राखेकी हुन । तर अहिले मिडियाहरुले आफुलाई अति महिलावादी जिनियस भनेर लेखिरहेको तर आफु अति महिलावादी नरहेको उनले बताएकी छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१