पैसाका लागि आफ्नै डिम्ब बेच्छन् चिनिया स्कुले किशोरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७१, शनिबार ०८:०७

अमेरिकालाई पछाडि पार्दै चीन अहिले विश्वकै एक नम्बर आर्थिक शक्ति राष्ट्र बनेको छ ।  यही शक्ति राष्ट्रका युवतीहरु पैसाका लागि यति सम्म गिर्छन् भन्दा तपाईंलाई अनौठो लाग्छ सक्छ ।

तर, पछिल्ला दिनहरुमा केही समूहको सक्रियतामा स्कुले युवतीहरुको डिम्ब निसन्तान दम्पत्तीलाई बेच्न लागिपरेका छन् । यस्तो समूहले स्कुले युवतीहरुलाई धेरै रकम दिने प्रलोभन देखाउने गरेको र पैसाको लोभमा उनीहरु फस्ने गरेको पाइएको हो ।

लाखौं युवान पाउने प्रलोभनमा युवतीहरु डिम्ब बेच्ने काममा सम्लग्न हुने गरेको पाइएको एक चिनिया अखबार साउथ चाइना मर्निङ पोष्टले रिपोर्ट प्रकाशित गरेको हो ।

युवतीहरुले डिम्ब दानका लागि प्रयोग गर्ने गरेको ड्रग थेरापीले भने रक्तश्राव, यौनांगको आकार परिवर्तनदेखि बाँझोपनसमेत हुन सक्ने जनाइएको छ । यस्तो गिरोहले २० वर्ष आसपासका महिलाहरुलाई बढी प्रयोग गर्ने गरेको समेत खुलेको हो ।

यो उमेरका महिलाको डिम्ब अत्यन्तै सक्रिय हुन्छ । यस्तो कार्यमा सम्लग्न एक युवतीले डिम्ब दानका लागि ड्रग थेरापी लिनुपर्ने र आवश्यक परेमा सानो अपरेसन समेत गर्नुपर्ने बताएको उक्त रिपोर्टमा जनाइएको छ । यसको बदलामा आफूले ३० हजार युआन पाएको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१