शैक्षिक सामाग्री हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ माघ २०७१, शुक्रबार १२:२६

चित्लाङ माझगाउँ घर भई हाल अष्ट्रेलियामा बस्ने बिजय बलामीले स्थानीय विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेका छन् । बलामीले चित्लाङको महालक्ष्मी प्रावि र क्लिप्mटन एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ नामक पुस्तक, कपी र कलम सहयोग गरेका हुन । अभिभावक र विद्यार्थीहरुलाई लक्षित गरेर लेखिएको उक्त पुस्तकमा विद्यार्थीले राम्रो नतिजा ल्याउन कसरी पढ्ने, व्यक्तित्व विकास कसरी गर्ने, अभिभावकहरुले के के कुरामा ध्यान दिने भन्ने विषयवस्तुहरु समेटिएका छन् ।chitlang vollyball
चित्लाङमा आज सम्पन्न क्षेत्रियस्तरीय भलिवल प्रतियोगिता कार्यक्रममा उक्त सहयोग बिजयका बाबु बुद्धिलाल बलामीले स्थानीय स्वचन्द्ध भैरव युवा क्लवमार्फत विद्यालयलाई हस्तान्तरण गरेका हुन । विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसी लागेको वताउँदै बलामीले पुस्तक किनेर पढ्न नसक्ने विद्यार्थीले पनि ज्ञानगुणका कुरा सिकुन भन्ने उद्देश्यले सहयोग गरेको वताउनु भयो ।
यसैबीच प्रतियोगितामा नाइनस्टार युवा क्लव पहिलो, कोटडाँडा युवा क्लव दोश्रो र युनाइटेड स्पोर्टस क्लव तेश्रो भएका छन् । विजयी क्लवहरुलाई प्रमुख अतिथि नेपाल भलिबल संघका उपाध्यक्ष मनोरोञ्जन रमन शर्माले पुरस्कार प्रदान गर्नु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१