कैदीबन्दीको उपचारमा समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ माघ २०७१, बिहीबार १६:५८

विराटनगर  । औषधि उपचारका लागि बजेटको अभाव कारण मोरङ कारागारका कैदीबन्दीको उपचारमा समस्या देखिएको छ ।

कारागारका कैदीबन्दीको उपचार र औषधिमा मासिक रु एक लाख २० हजार खर्च हुने गरेकामा सरकारले मासिक रु ५० हजार मात्र विनियोजन गरेकाले उपचारमा समस्या देखिएको हो ।

दैनिक कारागारबाट औसत छ जनालाई उपचारका लागि कोसी अञ्चल अस्पताल लग्नुपर्ने अवस्था छ । नियमित रोगीको सङ्ख्या ५० को हाराहारीमा रहेको कारागारका चिकित्सक चिन्तामणि पोखरेलले जानकारी गराउनुभयो ।

बिरामीको उपचारको क्रममा औषधि खरिद गर्दा विभिन्न औषधि पसलको रु चार लाख र कोसी अञ्चल अस्पतालको रु एक लाख बक्यौता रहेको चिकित्सक पोखरेलले बताउनुभयो ।

कारागारको क्षमतामात्र २२५ जनाको रहेकामा यतिखेर ७२० जना कैदी रहेको कारागारका लेखापाल रामसागर भगतले जानकारी गराउनुभयो ।

चिकित्सक पोखरेलले कैदीबन्दीको उपचारका लागि वार्षिक बजेट रु छ लाखबाट बढाएर रु १५ लाख गर्नुपर्नेे माग गर्नुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१