कहिले आउँछ कक्षा एघारको नतिजा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० पुष २०७१, बुधबार ०८:०९

HSBकाठमाडौं, ३० पौष । परीक्षा सञ्चालन भएको झन्डै १० महिनासम्म पनि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा प्रकाशित गर्न सकेको छैन । गत १ जेठदेखि १२ जेठसम्म कक्षा ११ को परीक्षा सञ्चालन भएको थियो ।

केही दिनअघि परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले पुसभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएका थिए । तर, परिषद्का एक कर्मचारीले पुसमा नतिजा प्रकाशनको सम्भावना टरेको बताए । उनका अनुसार आगामी शुक्रबारसम्ममा नतिजा आउने सम्भावना छ ।

परीक्षा नियन्त्रक अर्यालले डेढ महिनाजति परीक्षा शाखामा ताला लागेका कारण ढिलाइ भएको बताए । उनले केही दिनमै नतिजा आउने पनि बताए ।

परिषदमा अहिले पदाधिकारी नहुँदा पनि काम प्रभावित भएको कर्मचारीको भनाइ छ । परिषदमा पदाधिकारी नहुँदा कुनै पनि नीतिगत निर्णयका काम हुन सकेका छैनन् ।

कक्षा ११ को नतिजा प्रकाशनमा दबाब सिर्जना भएको छैन भने आगामी परीक्षाको कार्यतालिकासमेत तय हुन सकेको छैन । गत १२ असोजदेखि परिषद्मा उपाध्यक्ष र सदस्यसचिव पद रिक्त छन् ।

परिषद्का कर्मचारीले शिक्षामन्त्री चित्रलेखा यादवको बेवास्ताका कारण उच्च माध्यमिक शिक्षा परिषद्मा लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसकेको र धेरै समस्या उत्पन्न भएको बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१