मेसी र नेउरलाई पछि पार्दै रोनाल्डो लगातार दोस्रो पटक फिफा वर्ष खेलाडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७१, मंगलवार ११:५५

क्रिष्टियानो रोनाल्डो लगातार दोस्रो वर्ष ‘फिफा बेलोन डि’ओर वल्र्ड फुटबलर अफ दी इयर’ भएका छन्। रियल मेड्रिडका फरवार्ड रोनाल्डोले योसहित समग्रमा ३ पटक बेलोन डे’ओर हात पारेका छन्।Hot News Express (हट न्युज एक्सप्रेस)'s photo.

पोर्चुगली राष्ट्रिय टिमका कप्तानसमेत रहेका उनले बार्सिलोनाका लियोनल मेसी र वायर्न म्युनिखका गोलकिपर म्यानुयल नेउरलाई पछि पार्दै उपाधि लगातार दोस्रो पटक उपाधि हात पारेका हुन्।Hot News Express (हट न्युज एक्सप्रेस)'s photo.

गएराति स्वीट्जरल्याण्डको जुरिचमा सम्पन्न एक भब्य समारोहकाबीच भएको कार्यक्रममा महिला तर्फ जर्मनकी महिला टोलीकी मिडफिल्डर नाडिन केसलेर उत्कृष्ट महिला फुटबलर भइन्। यस्तै कोलम्बियाका जेम्स रोड्रिग्वेज बर्षको उत्कृष्ट गोल गर्ने खेलाडी भए।

यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकको उपाधि जर्मनीलाई विश्वकप दिलाउने जोचेमले पाए। उनकै नेतृत्वमा रहेको टोलीले ब्राजिल विश्वकप जितेको थियो।

यसैबीच फिफाले बेलोन डे’ओरको उत्कृष्ट तीन खेलाडी समावेश भएको उत्कृष्ट ११ टोली घोषणा गरेको छ। जसमा डिफेन्डर फिलिप लाहम, डेभिड लुइज, थिएगो सिल्भा र सर्जियो रामोस परेका छन्। यस्तै मिडफिल्डरमा आन्द्रेयस इनिष्टा, टोनी क्रो र एन्जेल डी मारिया छन् भने फरवार्डमा आर्जेन रोबेन अटाएका छन्।

बेलोन डे’ओर विजेता रोनाल्डोले उपाधिका लागि झन्डै ३८ प्रतिशत मत पाएको फिफाले जनाएको छ। रोनाल्डोले ३७.६६ मत पाएका छन् । लगातार चार पटक बालोन डि’ओर जितेका मेस्सी रोनाल्डोभन्दा निकै पछाडि रहे।उनले १५.७६ प्रतिशत मत पाए भने नुयुरले १५.७२ प्रतिशत मत पाएका छन् ।

वर्ष २०१४ मा ४३ खेलबाट ५२ गोल गरेका रोनाल्डो अवार्ड लिने बेला भाभुक बनेका थिए। उनले पूर्व खेलाडी थिएरी हेनरीको हातबाट अवार्ड थापेका थिए।

‘मेरो क्लब र मलाई भोट दिनुहुने सबैलाई धन्यवाद दिन्छु। यो मरो लागि अविष्मरणीय बर्ष हो’, २९ वर्षीय रोनाल्डोले भावुक हुँदै भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१