भोर्लेटार लम्जुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार १२:४३

10924778_893884183976382_2535759915776572996_nलम्जुङ – इशानेश्वर उच्च मा.वि.को स्वर्ण जयन्तीको सुअवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक हप्तासम्म चलेको उक्त शिविरमा आँखा, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्लाम्टिक सर्जरी लगायतका विशेषज्ञद्वारा करिव ६०० जनाको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको थियो । राजधानीस्थित गि«नसिटी अस्पताल र वेशिशहर स्थित मोडेल अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा वेशेषज्ञ चिकित्सकहरु डा.मनोर दिन सैयद, डा. खेमराज भुषाल, डा. यज्ञ खड्का, डा. तिलकबाबु घिमिरे र डा. महेन्द्र पौडेल तथा अन्य प्राविधिक टोलीमा सिता तामाङ, स्वीकृति शर्मा, कविता तिवारी, श्रीकृष्ण विडारी, सुलोचना बास्तोला र भगवति श्रेष्ठ लगायत हुनुहुन्थ्यो । आफु शहरका अस्पतालहरुमा कार्यरत भएतापनि बेलाबखत मुलकका दुरदराजमा गएर निःशुल्क उपचार गराउन पाउँदा आफ्नो उद्देश्य पुरा भएको आभास हुन्छ भन्दै डा. सैयदले निकट भविष्यमा पनि धादिङ, गुल्मीका केही गा.वि.स. र छिमेकी मुलुक बङलादेशको विकट गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको जानकारी डा. सैयदले दिनुभयो । उक्त शिविरमा उपचार गराउन आउनु भएकी ८० बर्षिय महिलाले आफूले २० वर्षदेखि लुकाएको पाठेघर खस्ने समस्याको पिडा आज समाधान भएको भन्दै खुशी व्यक्त गर्नु भयो साथै उक्त शिविरमा भेटिएका पाठेघर खसेका महिलाहरुलाई भविष्यमा निःशुल्क शल्यक्रिया गरिदिने बाचा डा. सैयदले दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१