एक सातादेखि घाम र चिसोको लुकामारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार ११:४७

काशी पोख्रेल÷बाँके । पौषको पहिलो सातादेखि एक्कासी बाँके लगायत आसपासका क्षेत्रमा चिसो बढ्यो । दोश्रो साता पुरै चिसो रह्यो । तेश्रो साताको सुरुवातदेखि कहिले घाम त कहिले चिसोको लुकामारी भइरहेको छ ।

एक दिन चर्को गरी घाम लाग्छ, अनि जाडोको महसुस कम हुन्छ । अर्कोदिन फेरी एकाएक घाम हराउँछ र सिरेटो आउँछ अनि निकै चिसो महसुस हुन्छ । घाम र चिसोको लुकामारीले जनजीवन भने कष्टकर बनेको छ ।
घाम र चिसोको लुकामारीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरलाई समेत प्रभावित बनाएको छ । फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले चिसो बढेको भन्दै फेसबुक स्टाटस र ट्वीट गरेका ग¥यै छन् ।
नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले ‘आउ न ओ घाम सारै चिसो भयो’ भनेर स्टाटस लेखेका छन् भने यसको कमेन्टमा गोभिन खत्रीले ‘सर चिसो मान्नु हुन्न, संविधान नबन्दासम्म’ भनेर लेखेका छन् ।
त्यस्तै ट्वीटरमा ‘हुँदहुँद’ नामका नेपालगन्ज ठेगाना राखेका एक जनाले ‘हुने खानेलाई त यति चिसो छ, हुँदा खानेहरुलाई कति चिसो भयो होला’ भनेर ट्वीट गरेका छन् । त्यसको कमेन्टमा
धेरैले सरकारको आलोचना गरेका छन् ।
चिसोले सबैभन्दा धेरै निम्न वर्गका नागरिकहरुलाई प्रभावित बनाएको छ । तराईका कतिपय जिल्लाहरुमा शीतलहर सुरु भएपछि दिनभर घाम लाग्न सकेको छैन भने चिसो पनि ह्वात्तै बढेकाले
सरकारी तथा गैरसरकारी निकायमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ ।
विहानमा हुस्सु लागे पनि दिउँसो हट्छ र चिसो हावा चल्न थाल्छ । जसका कारण केही दिनअघिसम्म २० डिग्री तापक्रम रहेको नेपालगन्जमा तीन दिनयता एकाएक तापक्रम निकै तल झरेको छ । आइतवार नेपालगन्जको तापक्रम १२ दशमलव ३ डिग्री रह््यो भने न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१