बिद्यालयमा भत्किए पछि शौचालयमा पढाई हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार ०९:५९

ज्ञानमणि कालोटोपी

काभ्रे -काभ्रे  जिल्लाको गोकुले–९ स्थित सेतीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरु विद्यालय भवन भत्केपछि शौचालयको लागि बनाइएको भवनको चिसो भुर्इंमा पढ्न बाध्य भएका छन् ।

S2
०७० को असारमा परेको अबिरल वर्षाका कारण विद्यालय भवन भत्केपछि त्यस यता विद्यार्थीहरु विद्यालयका लागि बनाइएको दुई कोठे शौचालयको भवनमा पढ्न बाध्य भएका हुन् । ‘स्थानीय जनश्रमदानबाट निर्माण गरिएको ३ कोठे विद्यालय भवन वर्षाका कारण भत्कियो भवन अभावका कारण शौचालयको लागि बनाइएको भवनमा विद्यार्थीहरुलाई पढाउनु पर्ने बाध्यतामा छौं ।’Sp1

विद्यालयका प्रधानाध्यापक दिलकुमार दुलालले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ग्याम्सो वाइबाले विद्यालय भवन जिर्ण बन्दै गएपछि जिल्ला शिक्षा कार्यालयलाई पटक–पटक भवन निर्माणको लागि आग्रह गर्दा पनि वेवास्ता गरेको बताए । S3

विद्यालय भत्केपछि चिसो भूईंमा बसेर पढन मन लाग्दैन कक्षा ४ की इन्दिरा मायाँ वाइबाले बताइन । ‘पहिले भवन राम्रो हुँदा पढन मन लागेको थियो, अहिले भूईंमा चिसो हुन्छ । टेबुल पनि राम्रो छैन , पढ्न साह्रै गाह्रो भइरहेको छ ।’ –उनले भनिन् । समाजसेवी बुद्धिमान वाइबाको पहलमा ०६५ सालमा अनुमति प्राप्त भई प्रावि सञ्चालन भईरहेको विद्यालय वर्षाको समयमा भत्केपछि जीर्ण बन्दै गएको थियो । भवन जीर्ण हुँदा समेत सम्बन्धित पक्षको वेवास्ताका कारण विद्यार्थीहरु शौचालयको भवनमा पढ्न बाध्य भएका हुन् ।S1
भवन अभावका कारण हाल ७१ जना विद्यार्थीहरु चिसो भुर्इंमै बसेर अध्ययन गरिरहेको स्थानीय अभिभावक प्रेमध्वज वाइबाले बताए । विद्यालयमा एक राहत कोटाको शिक्षक दरबन्दि र २ निजी स्रोतका गरी ३ शिक्षक र एक कार्यालय सहयोगी कार्यरत रहेका छन् । समयमै जिल्ला शिक्षा कार्यलयले विद्यालयको भवन नबनाउँने हो भने विद्यालयमा अध्ययनरत ७१ जना विद्यार्थीको भविष्य अन्यौलमा पर्ने अभिभावकहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१