दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७१, शुक्रबार १०:५०

download (3)

काठमाडौँ २५ पौष -आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले शुक्रबार पहिलो अभ्यास खेल खेल्दैछ।

नेपालले दक्षिण अफ्रिकाको बिनोनी नर्थन्स क्रिकेट क्लब (बिएनसिसी) सँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताएका छन्।
बिएनसिसी सन् १९७३ देखि दक्षिण अफ्रिकन प्रिमियर लिग खेल्दै आएको टोली हो। जोहानेसबर्गमा आधारित क्लब अहिले इस्टर्न क्रिकेट युनियन प्रिमियर लिगको च्याम्पियन हो।
नेपाली टोली बिहीबार मात्र जोहानेसबर्ग पुगेको छ। नेपाली टोलीले आइतबार दोस्रो र सोमबार तेस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली विश्व क्रिकेट लिग खेल्न नामिबिया जानेछ। जहाँ डिभिजन ३ च्याम्पियन नेपालले क्यानडा, नेदरल्यान्ड्स, युगान्डा, नामिबिया र केन्याको सामना गर्नेछ।
नेपाल जनवरी १७ मा युगान्डासँग खेल्दै डिभिजन २ को यात्रा थाल्नेछ। नेपालले १८ मा नेदरल्यान्ड्स, २० मा क्यानडा, २१ मा नामिबिया र २३ मा हुने लिगको अन्तिम खेलमा केन्याको सामना गर्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुनेछन्, तेस्रो र चौथो डिभिजन २ मा यथावत रहने छन् भने पुछारका दुई टोली डिभिजन ३ मा घटुवा हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१