माघ १४ बाट क्यान इन्फोटेक, दुईसय १९ स्टल रहने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७१, बिहीबार ११:४०

माघ १४ गतेदेखि क्यान इन्फोटेक, दुईसय १९ स्टल रहने, चारलाख ५० हजारले अवलोकन गर्ने अनुमान 

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)ले यही माघ १४ गतेदेखि १९ गतेसम्म क्यान इन्फोटेक आयोजना गर्ने भएको छ। क्यानले २१ वर्षदेखि गर्दै आएको सूचना प्रविधि मेला यो वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको जनाएको छ। २१ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु तथा एसोसिएट प्रायोजक डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेकाले अफिसिएल नाम नै सुबिसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेको छ। यस्तै कार्यक्रमको प्लाटिनम स्पोन्सर भायानेट, डाइमन्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेभ सरफर तथा वर्ल्ड लिंक, सिल्भर स्पोन्सरहरु कलर्स, हुवावे, नेटिस र एस पावर रहेका छन्। यस्तै कार्यक्रमको प्रिन्ट स्पोन्सर भने पानासोनिक स्मार्ट रहेको क्यानले जनाएको छ। यस पटकको क्यान इन्फोटेकमा हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका क्यानले जनाएको छ। यसमा ट्रसमा एकसय ४४, ओपन स्पेसहरु १४ र फुड स्टल नौवटा गरी कूल दुईसय १९ स्टल रहने क्यानले जनाएको छ। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोवाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर, इन्टरनेट सेवाप्रदायक,  टेलीकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्यूट,सफ्टवेयर सोलुसन तथा पेमेन्ट सोलुसनलगायत रहेको क्यानले जनाएको छ। हालसम्म मुख्य प्रदर्शनी हलभित्र शत प्रतिशत स्टल बुकिङ भइसकेको र ट्रसमा ९० प्रतिशत स्टल बुकिङ भइसकेको क्यानको भनाइ छ। गएको वर्ष चारलाख ३१ हजार तीनसय ५० जनाले अवलोकन गरेको क्यान इन्फोटेकमा यो वर्ष चारलाख ५० हजारले अवलोकन गर्ने क्यानको अनुमान छ। यस वर्ष सर्वसाधारणका लागि प्रवेश शुल्क एकसय ५० रुपैयाँ तोकिएको छ। यस्तै विद्यार्थी सहुलियत भने ७५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ। माघ १८ गते भने बिजनेश डे तोकिएकाले सबैका लागि एकसय ५० रुपैयाँ तोकिएको क्यानको भनाइ छ। क्यानले अनलाइन टिकट खरीदको अग्रीम व्यवस्था मिलाइने र यसरी खरीद गर्नेलाई २० प्रतिशत छुट दिने तयारीसमेत भइरहेको क्यानले जनाएको छ। यसैबीच आइसिटी कन्फेरेन्स माघ १८ र १९ गते हुने भएको छ। यो कार्यक्रम काठमाडौंको एभरेष्ट होटलमा हुनेछ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)ले यही माघ १४ गतेदेखि १९ गतेसम्म क्यान इन्फोटेक आयोजना गर्ने भएको छ। क्यानले २१ वर्षदेखि गर्दै आएको सूचना प्रविधि मेला यो वर्ष पनि काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको जनाएको छ। २१ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु तथा एसोसिएट प्रायोजक डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेकाले अफिसिएल नाम नै सुबिसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल इन्टेल बाइ नियोटेरिक नेपाल रहेको छ। यस्तै कार्यक्रमको प्लाटिनम स्पोन्सर भायानेट, डाइमन्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेभ सरफर तथा वर्ल्ड लिंक, सिल्भर स्पोन्सरहरु कलर्स, हुवावे, नेटिस र एस पावर रहेका छन्। यस्तै कार्यक्रमको प्रिन्ट स्पोन्सर भने पानासोनिक स्मार्ट रहेको क्यानले जनाएको छ। यस पटकको क्यान इन्फोटेकमा हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका क्यानले जनाएको छ। यसमा ट्रसमा एकसय ४४, ओपन स्पेसहरु १४ र फुड स्टल नौवटा गरी कूल दुईसय १९ स्टल रहने क्यानले जनाएको छ। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोवाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर, इन्टरनेट सेवाप्रदायक, टेलीकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्यूट,सफ्टवेयर सोलुसन तथा पेमेन्ट सोलुसनलगायत रहेको क्यानले जनाएको छ। हालसम्म मुख्य प्रदर्शनी हलभित्र शत प्रतिशत स्टल बुकिङ भइसकेको र ट्रसमा ९० प्रतिशत स्टल बुकिङ भइसकेको क्यानको भनाइ छ। गएको वर्ष चारलाख ३१ हजार तीनसय ५० जनाले अवलोकन गरेको क्यान इन्फोटेकमा यो वर्ष चारलाख ५० हजारले अवलोकन गर्ने क्यानको अनुमान छ। यस वर्ष सर्वसाधारणका लागि प्रवेश शुल्क एकसय ५० रुपैयाँ तोकिएको छ। यस्तै विद्यार्थी सहुलियत भने ७५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ। माघ १८ गते भने बिजनेश डे तोकिएकाले सबैका लागि एकसय ५० रुपैयाँ तोकिएको क्यानको भनाइ छ। क्यानले अनलाइन टिकट खरीदको अग्रीम व्यवस्था मिलाइने र यसरी खरीद गर्नेलाई २० प्रतिशत छुट दिने तयारीसमेत भइरहेको क्यानले जनाएको छ। यसैबीच आइसिटी कन्फेरेन्स माघ १८ र १९ गते हुने भएको छ। यो कार्यक्रम काठमाडौंको एभरेष्ट होटलमा हुनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१