क्यानलाई महासंघमा जान स्वीकृति प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७१, बुधबार २०:२५

can photo

काठमाडौ ,२३ पौष । सूचना प्रबिधि क्षेत्रको साझा संस्था कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) लामो प्रयास पछि महासंघमा परिर्णत भएको छ । लामो समय देखि क्यानलाई महासंघमा लैजान प्रयास भए पनि गृह मन्त्रालयका कारण सम्भव भएको थिएन् ।
राष्ट्रिय निर्देशन ऐन २०१८ क्रियाशील भए पनि यही अन्तर्गत रहेर महासंघ बन्न निवेदन दिएको एक बर्ष भन्दा लामो समय भए पनि स्वीकृत नभएको भन्दै रचनात्मक बिरोधको कार्यक्रम गर्दै आएको थियो । कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) ले नेपालमा सूचना सञ्चार प्रविधि क्षेत्रको बिकास, विस्तार तथा प्रवद्र्धनमा विगत २२ बर्ष देखि छाता संगठनको रुपमा कार्य गर्दै आएको छ ।
हाल आएर क्यानलाई संस्था दर्ता ऐन २०३४ अनुसार नै महासंघमा जान स्वीकृति दिए पनि सबै जिल्ला प्रसासनमा यस्तो प्रकृतिको देशभर दर्ता नहुने गरी काठमाडौ जिल्ला प्रसासनले पत्राचार गरेपछि यही ऐन अनुसार महासंघमा जान तयार भएको बताएको छ । क्यान महासंघमा जानु सूचना प्रबिधिको ठुलो उपलब्धी भएको तथा राज्यसग थप काम गर्न बाटो खुलेको क्यानका वर्तमान अध्यक्ष बिनोद ढकालले बताउनुभयो ।
क्यान, नेपाल सरकारको सूचना प्रविधि निकायहरु, विघटित सूचना प्रविधि उच्च स्तरीय आयोगको पदेन सदस्य, राष्ट्रिय सूचना प्रविधि परिषदको पदेन सदस्य, राष्ट्रिय सूचना प्रविधि बिकास समितिको सदस्य तथा महत्वपूर्ण नीतिगत निर्णय प्रक्रियामा प्रत्यक्ष रुपमा नीजि क्षेत्रबाट एक मात्र संस्थाको रुपमा प्रतिनिधित्व गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१