मोबाइल फ्याँक्नेलाई स्मार्टफोन पुरस्कार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७१, बुधबार १३:०६

आउँदो शनिबार काठमाडौंको टुँडिखेलमा अनौठो कार्यक्रम हुने भएको छ । रोटरी क्लब रुद्रमतीको आयोजनामा मोबाइल फ्याँक्ने प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जसले मोबाइल सबैभन्दा टाढासम्म फ्याँक्न सक्छ, उसले नयाँ स्मार्टफोन पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहनेले ब्याट्री र चार्जरसहित मोबाइल फोन आयोजकलाई दिनुपर्छ । तर बिग्रेको र कामै नलाग्ने होइन, आफूलाई बढी भएको र काम गरिरहेको पुरानो ।
यसरी मोबाइल दिनेलाई आयोजकले काम नलाग्ने ड्रमी मोबाइल फोन दिन्छन् । त्यसरी पाएको ड्रमी मोबाइल त्यहीँ उभिएर बेस्सरी फ्याँक्नुपर्छ । जसले सबैभन्दा टाढा फ्याँक्न सक्छ, उ पहिलो हुन्छ ।
‘पहिलो, दोस्रो र तेस्रो हुनेलाई हामी नयाँ मोवाइल दिन्छौं’ रोटरी क्लब रुद्रमतीका अध्यक्ष कृष्णराम देउपालाले उज्यालो अनलाइनसँग भन्नुभयो । तर पहिलो, दोस्रो र तेस्रोमा नपर्नेले चाहिँ आफूले बुझाएको मोबाइल फोन माया मारेर फर्किनुपर्छ ।
मुगुका विकट गाउँका महिलालाई हातहातमा मोबाइल फोन दिने उदेश्यले रोटरी क्लव रुद्रमतीले यस्तो अभियान चलाएको हो । ‘हामीले दुर्गम क्षेत्रका बासिन्दालाई मोबाइल वितरण गर्ने योजनाले यस्तो नयाँ अभियान चलाएका हौं’ देउपालाले भन्नुभयो, ‘त्यसै माग्दा कसैले पनि मोबाइल दिनुहुन्न, यसरी प्रतियोगिता गर्दा उहाँहरुलाई रमाइलो पनि हुने भयो, अनि तेस्रोसम्म हुन सक्दा नयाँ मोबाइल पनि पाइयो ।’
आफूसँग एकभन्दा बढी मोबाइल फोन हुने सबैलाई प्रतियोगितामा भाग लिन उहाँले अनुरोध गर्नुभयो । ‘चलिरहेको पुरानो मोबाइल फोनको सट्टा महंगो, आर्कषक र नयाँ फोन पनि हात पर्न सक्छ । नभए पनि आफूलाई नचाहिने मोबाइल फोन दुर्गम गाउँका महिलाले प्रयोग गर्न छ पाउँछन्’ उहाँले भन्नुभयो ।
यो अभियानमा दुईसय भन्दा बढी सहभागी हुने रोटरी क्लव रुद्रमतीले आशा गरेको छ । सहभागी हुन चाहनेले शनिबार बिहान टुँडिखेलमा पुगेर आयोजकसँग सम्पर्क गर्न सक्नेछन् ।
नेपालमा पहिलो पटक हुन लागेको मोबाइल फ्याक्ने प्रतियोगिता सन् २००० मा फिनल्याण्डको साभोल्लिनामा पहिलो पटक भएको थियो । त्यसको नक्कल गर्दै विश्वका धेरैजसो देशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई विश्व च्याम्पियनसिपकै रुपमा यस्तो प्रतियोगिता हुने गरेको छ । काम नलाग्ने मोबाइल सेट संकलन गर्ने र त्यसलाई पुनप्रयोग गर्ने हेतुले मोबाइल संकलन गर्न उद्देश्यले सुरु भएको यो प्रतियोगिता अहिले मनोरञ्जन सामाजिक कामको माध्यमसमेत बनेको छ ।

टुँडिखेलमा मोबाइल फ्याँक्नेलाई स्मार्टफोन पुरस्कार !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१