अघिल्लो साता ५ दिनसम्म बदली भएको मौसममा आइतबारदेखि सुधार भयो । सोमबार दिनभर घाम लागेकोमा मंगलबारदेखि फेरि मौसममा बदली भएको छ । बुधबार र बिहीबार पनि काठमाडौं उपत्यकासहित देशैभरीको मौसम सामान्य बदली हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बुधबार र बिहीबार सामान्य बदली भएपछि शुक्रबारदेखि मौसममा सुधार आउनेछ । मौसममा सुधार भएसंगै चिसो बढ्ने उहाँले बताउनुभयो । उहाँले मौसममा सुधार आएपनि तराईका केही क्षेत्रमा भने बाक्लो कुहिरो लाग्ने बताउनुभयो । पश्चिमी न्यून चापीय रेखाको कारण मौसम बदली भएको मौसमविद् कडेलको भनाई छ ।पश्चिमी न्यून चापीय रेखा हट्दै गएपछि मौसममा सुधार आउनेछ । बुधबार पूर्वी र मध्य क्षेत्रका साथै पश्चिमी पहाडी क्षेत्रमा आँशिक बदली हुँदा पूर्वका केही ठाउँमा साँझपख हल्का पानी पर्ने संभावना रहेको जल तथा मौसम पर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी हिमाली क्षेत्रमा सामान्य हिमपात पनि हुन सक्नेछ । राती मध्य तथा पुर्वसगै पश्चिमका पहाडी क्षेत्रको मौसम सामान्य रहनेछ ।
प्रतिक्रिया