सरकारी अस्पतालभित्र प्राइभेट क्लिनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७१, मंगलवार ०९:४५
काठमाडौं,२२ पौष   – सरकारी चिकित्सकलाई अब सरकारले कार्यरत अस्पतालमै क्लिनिक खोजिदिने भएको छ । ‘पेइङ क्लिनिक’ को नामबाट सञ्चालन गरिने क्लिनिकमा चिकित्सकले टिकट शुल्कको ५० प्रतिशत रकम लिन पाउनेछन् । यो व्यवस्थापछि चिकित्सकले निजी क्लिनिकमा दौडिरहनुपर्ने छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल विस्तारित सेवासम्बन्धी कार्यविधिमा अस्पतालले बिहानको जनरल ओपिडीमा (साढे आठदेखि १२ बजेसम्म) टिकट काटेको बिरामीको जाँच सकिएपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन गर्ने व्यवस्था छ । यद्यपी दिउँसोको समय तोकिसकिएको छैन । तर,क्लिनिकमा जाँच गर्न चाहनेले सरकारले तोकिदिएको शुल्क नबढ्ने गरी लिन सक्ने व्यवस्था गरिएको छ । सरकारले डाक्टरको अनुभव र योग्यताको आधारमा दुई सय ५० रुपैयाँदेखि चार सय ७५ रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था गरिदिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१