एपीएफ र पुलिसबीचको फाइनल पानीले रोक्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार १०:१४
  • पश्चिमाञ्चललाई हराउंदै मध्यमान्चल तेस्रो
    कपिल ज्ञवाली
    बुटवल, २१  पौष । बुटवलमा जारी १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल वर्षातका कारण स्थगित भएको छ । साविक विजेता एपीएफ र नेपाल पुलिस क्लबबीच भएको फाइनल खेलमा चौथो सेटको खेल चलिरहदा भारी वर्षा भएपछि खेल स्थगित भएको हो । आइतबार स्थगित खेल सोमबार ११ बजेपछि खेलाइने आयोजक रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।  आइतबारको खेलमा पहिलो सेट पुलिसले २५–२३ ले जितेपनि त्यसपछिका २ सेटमा एपीएफले २५–२२ र २५–२३ ले जित्दै पुलिसको  अग्रता तोडेको थियो । aa
    चौथो सेटको खेलमा एपीएफको १९ र पुलिसको १५ अंक हुंदा भारी वर्षा भएपछि प्रमुख रेफ्री चन्दाबन्दना राईले खेल स्थगित भएको घोषणा गरेकी थिइन् ।
    फाइनल खेल हेर्न दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो भने अधिकांश दर्शकहरु एपीएफको पक्षमा हुटिङ र समर्थन गरिरहेका थिए ।  बुटवलमा जारी तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा एल्जी ब्युटी सोपद्वारा प्रायोजित  प्रतियोगिता अन्तर्गत आइतबार नै तेस्रो स्थानका लागि  सम्पन्न खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–१ सेटले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ ।  bb
    मध्यमाञ्चलले २७–२९,२६–२४,२५–२१ र २५–१५ को सेटमा पश्चिमाञ्चललाई पराजित गरेको हो । जितसंगै मध्यमाञ्चलले नगद २१ हजार पुरस्कार प्राप्त गरेको छ । ee
    प्रतियोगितामा तीन विभागीय टिमहरु नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी क्लब,सशष्त्र प्रहरीको एपीएफ क्लब र पांच विकास क्षेत्रका एक एक गरी ८ वटा टिमले भाग लिएका छन्  । जिल्ला भलिबल संघ रुपन्देही, नेपाल भलिबल संघ र रुपन्देही उद्योग संघको आयोजनामा  भएको प्रतियोगिताको  विजेताले ५१ ह्जार र उपविजेताले ३१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ggg

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१