गलत म्यासेज गयो ? चिन्ता नलिनुस् अब फिर्ता लिन सकिन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार ०७:०२

कहिलेकाहीँ आवेशमा पठाइएका वा गलत ब्यक्तिलाई पठाइएका म्यासेजका कारण तपाईं पछुताउनु त परेको छैन ? अक्सर धेरैको जीवनमा यस्ता घटना हुन्छन जसले त्यही म्यासेज ठूलो पश्चताप वा बर्बादीको बिषय बनिदिन सक्छ ।smsdeletकिनकी तपाईले एकपटक म्यासेज पठाएपछि त्यसलाई फिर्ता लिन वा म्यासेज पाउनेको फोनबाट डिलिट गराउन सक्नुहुन्न ।
तर, अब चिन्ता मान्नु पर्दैन । किनकी प्रबिधि दुनियाँ यस्तो पनि बिकाश भइसक्यो-अब तपाईले पठाएको एसएमएस गलत पर्‍यो भने तुरुन्तै फिर्ता लिन सक्नुहुन्छ, पठाइएको ब्यक्तिको मोबाइलबाट त्यो म्यासेज गायब हुनेछ ।
अमेरिकाको सियाटलमा रहेको एक प्रबिधि कम्पनीले ‘स्ट्रीङ‘ नामक मोबाइल म्यासेजिङ एप्सको बिकाश गरेको छ जसले प्रयोगकर्तालाई आफ्नो म्यासेज वा सम्बादमाथि पूर्ण नियन्त्रण प्रदान गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१