नर्श माथी राति १०ः३० बजे अस्पतालका प्रबन्ध निर्देशक द्वारा यौन दुर्व्यवहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार ०६:५९

चितवन ,२१ पौष । भरतपुरको चौविस कोठीमा रहेको चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरीले अस्पतालमै कार्यरत एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले गरेको उजुरीका आधारमा प्रहरीले अस्पतालबाट नै गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले अस्पतालको सघन उपचार कक्षमा कार्यरत एकजना स्टाफ नर्सलाई गएको शुक्रबार राति १०ः३० बजे दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
घटना शुक्रबार राति भए पनि अस्पतालले भित्र नै मिलाउने प्रयास गरे पनि कुरा मिल्न नसकेपछि आज पीडित पक्षले प्रहरीमा उजुरी गरेको हो ।
गिरीको दुर्व्यवहारबाट पीडित भएकी महिला कर्मचारीले दोषी गिरीमाथि कारबाहीको माग गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तराज कोइरालाले घटनाको विषयमा गिरीलाई झिकाएर अनुसन्धान गरिरहेको बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१