एसएलसी मात्र पढेका दुई युवकले बनाए अकाशमा उड्ने प्यारामोटर (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार ०६:५०

धनुषा ,२१ पौष । एसएलसी मात्र पास गरेका धनुषाका दुई युवाले जहाज जस्तै उड्ने र अवतरण गर्ने यन्त्र बनाएका छन् । उनीहरुले त्यो यन्त्रको नाम हिमाल पहाड तराइ (एचपिटी) प्यारामोटर दिएका छन् । मखनाहा–३ का २२ वर्षका संजयकुमार यादव र धनुषाधाम नगरपालिका–१ का १९ वर्षका दीपक शर्मा बरहीले मिलेर पारामोटर बनाएका हुन् । प्यारामोटरमा एक जना चढेर आकाशमा उड्न मिल्ने, चाहेको ठाउँमा जान आउन सकिने उनीहरुले बताए । झण्डै दुईवर्ष लगाएर बनाएको प्यारामोटर अहिले परीक्षण गर्दा जमिनबाट ६ सय फिट माथिसम्म उडाएको र यसलाई दुईहजार फिटमाथिसम्म उडाउन सकिने संजयले बनाउनुभयो ।
सिंचाईको लागि प्रयोग गरिने वाटर पम्पको इन्जिन, प्यारासुट, स्टील बाउन्ड्री, जिन्सको कपडा, नोट प्रोटेक्सन प्लास्टिक, सुई धागो, सिम्पल बेल्ट, काठको पंखा जस्ता समान मिलाएर प्यारामोटर बनाइएको छ ।pyaramotr
अरु सामान स्थानीयस्तरमा नै जोरजाम गरिएको भएपनि प्यारासुट भने बाहिरबाट किनेर ल्याइएको संजयले बताउनुभयो । प्यारामोटर बनाउनका लागि दुईलाख रुपैयाँ खर्च भएको दीपक र संजयले बताउनुभयो । प्यारामोटरमा सिंचाई गर्ने पम्पको ट्या‌ङ्कीलाई पेट्रोल ट्या‌ङ्कीमा परिणत गरिएको छ । मौसम अनुसार एकलिटर पेट्रोलबाट एक घण्टासम्म यात्रा गर्न सकिने उनीहरुले बताए । प्यारामोटरको तौल झण्डै २० किलो रहेको छ । मेसिन बिग्रेको खण्डमा पनि कुनै किसिमको खतरा नहुने दावी गर्दै दीपकले भन्नुभयो ‘ प्यारामोटरमा प्यारासुट जडान भएकोले सजिलै जमिनमा अवतरण गर्न सकिन्छ । यो अरु हवाई जहाज जस्तो खतरापूर्ण छैन ।’
उनीहरुले गएको मंसिर ९ गते एचपिटी प्यारामोटर अकाशमा पहिलो पटक उडाएका थिए । एसएलसीसम्म मात्र पढेका युवाले प्यारामोटर यन्त्र बनाएर उडाएपछि सुन्ने र हेर्नेहरु चकित भएका छन् ।
टेलिभिजनमा डिस्कभरी र जिओग्राफी जास्ता च्यानलमा प्रशारणहुने यान्त्रिक उपकरणको जानकारीबाट आफूहरुले यो यन्त्र बनाएको उनीहरुको भनाई छ । उनीहरुले यन्त्र निर्माण सम्बन्धी तालिम पनि लिएका छैनन् । आर्थिक अवस्था कमजोर रहेका संजयले धनुषाधाम उच्च माविबाट २०६७ सालमा एसएलसी पास गर्नु भएको हो ।
उहाँ अहिले गाउँमा मोटर र हाउस वाइरिंगको काम गरेर जीविका चलाईरहनुभएको छ । दीपकले पनि २०६९ सालमा एसएलसी पास गर्नु भएको हो । तर आर्थिक अवस्था कमजोर भएकाले उहाँले उच्च शिक्षा लिन पाउनु भएको छैन ।

भिडियो हेर्नुस :

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१