नेयमारले जिते ‘साम्बा गोल्ड’ अवार्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७१, आईतवार ०५:४८
काठमाडौं । बार्सिलोनाका स्ट्राइकर नेयमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन् ।युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेता पत्रकार, सिमित फुटबलर र इन्टरनेट भोटिङका आधारमा छनोट गरिनेछ ।ब्राजिलका नयाँ कप्तान समेत रहेका नेयमारले २९.२ प्रतिशत मत पाएका छन् । नेयमारले यो सिजन बार्सिलोनाका लागि १३ खेलमा ११ गोल गरेका छन् ।
एथ्लेटिको मड्रिडका मिरान्डा दोस्रो तथा गालाटासरेका मेलो तेस्रो स्थानमा रहे । २०११ देखि लगातार तीन पटक यो अवार्ड जितेका थिएगो शिल्भा टप थ्रीमा परेनन् ।नेयमारले विजेता छनोट टीममा रहेका ११ पत्रकार र ११ पूर्व खेलाडीबाट बढी मत पाएका छन् । उनले ४१.४१ प्रतिशत मत पाएका छन् भने मिराण्डा र विलियनले ३९.३९ मत पाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१