एजेन्सी । कोलकता पुलिसले जापानबाट भारत घुम्न आएकी एक पर्यटकलाई बलत्कार गरेको आरोपमा पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।जापानबाट घुम्न आएकी महिला पर्यटकलाई भारतका बिभिन्न सहरमा एक महिना बलत्कार भएको प्रहरीले जनाएको छ ।आरोपिमध्ये दुईजनालाई बिहारको बोधगयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।भारतीय प्रहरीका अनुसार पर्यटक पथप्रदर्शकको रुपमा यस समुहरले एक्लै आउने महिला पर्यटकलार्य आफ्नो जालमा फसाउने गरेका थिए ।
महानगरको पार्क स्ट्रिट प्रहरी थानामा आरोपिहरुका बिरुद्ध बलात्कार, धोकाधरी, आपराधिक कार्य, अपहरण, धम्की बिरुद्धको मुद्दा दर्ता गरेको छ ।जापानी पर्यटकलाई बोधगया, बिहार कोलकता लगायतका स्थानमा बलात्कार गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाले कोलकताको जापानी वाणिज्य दूतावासमा बलात्कृत भएको उजुरी दर्ता गरे पछि प्रहरीले अनसन्धान थालेको थियो ।बलात्कारीहरुले उनको साथमा रहेको एटीएम् प्रयोग गरि ७६ हजार रुपैया समेत निकालेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शब्बीर खान, वसीम खान, शहिद इकबाल कोलकताका हुन् भने साजिद खान र जावेद खान बोधगयाका हुन् ।प्रहरीका अनुसार जापानी पर्यटक बोधगया लोकप्रिय भएका कारण त्यस क्षेत्रमा बढी मात्रामा आउने गरेका छन् । जहाँ त्यस्ता गिरोह सक्रिय हुने गरेको प्रहरी तथ्यांक छ ।
प्रतिक्रिया