मोबाइलबाट फेसबुक चलाउनुहुन्छ ? होशियार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७१, आईतवार ०५:३०

 

साइबर सुरक्षा सम्बन्धी काम गर्ने क्यास्प्रेस्काईले सामाजिक सञ्जालको चर्चित कम्पनी फेसबुकले एन्ड्रोइडमा फेसबुक चलाउनेहरूको एसएमएस र गोप्य सूचनाहरू पढ्ने गरेको बताएको छ ।
 क्यास्प्रेस्काईले एक रिपोर्टमा पछिल्ला दिनमा फेसबुकले आफ्नो एण्ड्रोइडमा फेसबुक एप्लिकेशन चलाउनेहरूको एसएमएस सूचनाहरू पढ्ने गरेको बताएका छन् । फेसबुकको एप्लिकेशनको नयाँ अपडेटको साथमा फेसबुकले उक्त सुविधा समेत ल्याएको बताइएको छ ।
यसले फेसबुक प्रयोगकर्तामा चिन्ता बढेको छ । यस बारेमा फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन् । अमेरिकी जासुसी कार्यक्रमलाई सार्वजनिक गर्ने एडवर्ड स्नोडेनले अमेरिकी राष्ट्रीय सुरक्षा एजेन्सीलाई विश्व स्तरमा जासुसी गर्नेका लागि मद्धत गर्नका लागि फेसबुकले पनि सहयोग गरेको आरोप स्नोडेनले लगाएका थिए ।
 उक्त आरोपको भने फेसबुकले खण्डन गरेको थियो । एण्ड्रोइड फोनमा फेसबुक एप्लिकेशन इन्टल गर्दा कुनै कुनै कुराहरू भर्न आग्रह गर्छ र त्यसको अपडेटेड भर्जनले प्रयोगकर्ताको ‘प्रयोगकर्ताको एसएमएस र एसएमएस पढ्ने अनुमति समेत माग्ने गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१