डोल्पा,जाजरकोट र रुकुममा भारी हिमपात, जनजीवन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७१, आईतवार ०५:२८

जाजरकोट ,२० पौष । शुक्रवारदेखी सुरु भएको हिमपात अहिले सम्म नरोकिएपछि जाजरकोट, डोल्पा र रुकुमको जनजीवन प्र्रभावित भएको छ । लगातार पानी सहित हिमपात हुदा जनजीवन प्रभावित भएको हो ।
जाजरकोटको वारेकोट क्षेत्रमा रहेको नायकवाडा, सक्ला, रामीडाडा,रोकायगाउ, पुर्वको खगेनकोट, रग्दा, पश्चिमको टालेगाउ, दह लगाएतका दर्जन वढी ठाउमा हिमपात भएको हो ।

सुक्रवार वेलुका देखी पानी र हिमपात सुरु भएको थियो । त्यस्तै डोल्पामा सुक्रवार राति देखि लगातार पानी र हिमपात सुरु भएको छ। सदरमुकाम दुनै,त्रिपुराकोट,लिकु,पहाडा,काईगँउ,छार्का,तिन्जे,फोक्सुन्धो,धोलगाएतका सबै जसो गा बि स हरुमा भारी हिमपात भएको छ ।

हिमपातले गर्दा डोल्पाको एकमात्र बिमानस्थल जुफाल बिमानस्थल अबरुद्ध भएको छ भने नमस्ते,स्काई,हेलो लगाएतका संचार सेवा पनि ठप्प भएको छ । हिमपातले गर्दा जिल्लाको चिसो वढेपछि जनजीवन प्रभावित भएको छ ।
भारी हिमपातले गर्दा हिउ जमेपछि प्रभाबित क्षेत्रको जनजिवन एकदमै कष्टकर बनेको छ भने गाई बस्तुहरु गोठमै रहेको सर्बसाधारणहरुले बताएकाछन । त्यस्तै रुकुमको हुकाम ,मैकोट, तकसेरा, आठविसकोट, खद्धी, गोताम लगाएतका आधा दर्जन गाविसमा भारी हिमपात भएको छ ।
हिमपातले गर्दा यहाका सर्वसाधारणहरु हैरान भएको आठविसकोटका तिलक वटालाले जानकारी दिए ।
इलामको उत्तरी क्षेत्रमा पनि हिमपात
इलामको उत्तरी क्षेत्रमा गएराति वर्षासँगै हिमपात भएको छ । गएरातिदेखि सन्दकपुर, जौबारी, मेघमा, कालपोखरीमा बाक्लो हिउँ परेको हो ।
विगतमा भन्दा यसपटक जिल्लाका धेरै भागमा हिमपात भएको छ । जिल्लाका अन्य धेरै भागमा तुसारो परेको छ ।

हिमपात सुरु भएपछि चिसो बढेको जमुनाका मनोज भट्टराईले जानकारी दिए । चिसोसँगै त्यस क्षेत्रको जनजीवनसमेत कष्टकर बनेको छ । उत्तरी क्षेत्रका अधिकांश प्राथमिक विद्यालय प्रभावित भएका छन् । चिसो बढेसँगै यस क्षेत्रका बासिन्दा आगो तापेर दिन कटाउन थालेका छन् ।

हल्का वर्षाका कारण गहुँ, आलुलगायतका बाली सप्रिने भएकाले किसान हर्षित छन् । हिमपातपछि उत्तरी क्षेत्रमा राखिएका चौँरी गोठ न्यानो खोज्दै बेंसीतर्फ झर्न थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१