तस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ । भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।
इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
प्रतिक्रिया