रेडबुल जिल्ला लिग सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७१, शनिबार ०५:४४

???????????????????????????????गणेश विष्ट/ भोजपुर ।
भोजपुर सदरमुकाममा रेडबुल जिल्ला स्तरीय राष्ट्रिय लीग फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगितामा पहिलो दिन आज तीन खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेलमा रिमाचुङ्ग स्पोर्टस एकाडेमी र नमुना फुटबल क्लवले बराबरी खेलेका छन् । निर्धारित समयमा दुवै टिमले १ र १ गोल गरेका थिए । प्रतियोगिताकै पहिलो गोल रिमाचुङ्ग स्पोर्टस एकाडेमीका डिसिमी राईले खेल सुरु भएको ७ मिनेटमा गोल गरेका थिए । त्यसैगरी दोस्रो खेलमा बैंकरोड फुटबल क्लव र सप्तधारा फुटबल क्लवले पनि १ र १ गोलको बराबरी खेले । आजकैे अन्तिम खेलमा भने कोदार फुटबल क्लवले भोजपुर युवा क्लवलाई ४–१ गोल अन्तरले पाखा लगायो ।
शुक्रबारको जीत संगै कोदारले ३ अंक जोडेको छ भने बैंकरोड, सप्तधारा, रिमाचुङ्ग र नमुनाले १–१ अंक बनाएका छन् । प्रतियोगितामा दिंला फुटबल क्लव, होम्ताङ्ग फुटबल क्लव, देउराली फुटबल क्लव, नमुना फुटबल क्लव, रिमाचुङ्ग स्पोर्टस एकाडेमी, बैंकरोड फुटबल क्लव, सप्तधारा फुटबल क्लव, द सोल्टी युनाईटेड, कोदार फुटबल क्लव, भोजपुर युवा क्लव भोजपुर युथ एकाडेमी र लाईव्रेरी फुटबल क्लव सहित १२ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार र दोस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । आजबाट सुरु भएको प्रतियोगिता आगामी पुस २३ गतेसम्म चल्ने भने । जिल्ला स्तरीय लिग विजेताले क्षेत्रीय प्रतियोगितामा भाग लिने स्थानीय आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१