युरोपेली क्लबमा विमल घर्तिमगरलाई मौका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०६:४७

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाएका छन्। यसअघि एन्डरलेकसँगको सहकार्य बेल्जियमको कडा नियमले टुटे पनि त्यहींको अर्को एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाउने भएका हुन्। एन्डरलेकमा विमललाई प्रवेश गराउन बेल्जियमका एजेन्ट लुइस डी भ्रिस सहयोग गरेका हुन्र। बेल्जियममा गैरयुरोपियन खेलाडीको हकमा नयाँ र कडा खालको नियमका कारण विमलले १८ वर्ष नपुग्दासम्म एन्डरलेकबाट औपचारिक प्रतियोगिता खेल्न पाउने छैनन्,’ भ्रिसले भनेका छन्, त्यसै कारण एन्डरलेक अन्ततः उनीसँगको सहकार्य निरन्तर नगर्नेमा पुगेको छ।’ उनले विमललाई रेसिङ जेन्कको एकेडेमीमा अभ्यासको व्यवस्था मिलाएका छन्। क्लवका खेलकुद निर्देशक गुन्टर ज्याकबले एन्फालाई पत्र पठाउँदै त्यस्तो आग्रह गरेको बताइएको छ । क्लवले विमलको खान, बस्न र यातायात खर्च समेत बेहोर्ने पत्रमा उल्लेख छ । एन्फाका अनुसार विमल आगामी माघ १ गते बेल्जियम प्रस्थान गर्नेछन् । यअसघि विमललाई एण्डरलेक क्लव पुर्‍याउने मध्यस्थकर्ता लुईस डी भेरेक्सलेनै यो पटक उनलाई केआरसी गेन्क पुर्‍याउन लागेका हुन् । यूरोप बाहिरका व्यक्तिलाई दिने भिसामा कडाइ भएपछि एण्डरलेकस“ग अनुबन्ध थप्न अप्ठेरो परेको यु–१७ फुटवल टीमका क्याप्टेन विमलले बताए । केआरसी गेन्क बेल्जियमको प्रो लिग खेल्ने क्लव हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१