यो वर्ष तपाईंले देख्नुहुनेछ यी ६ प्रविधिको कमाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०६:२२
सन् २०१५ मा हरेक क्षेत्रमा एक से एक प्रविधि भित्रिने भएका छन् जसले तपाईंको संसार मात्र बदल्ने नभई तपाईंको जीवनलाई नयाँ गती प्रदान गर्नमा सक्षम हुनेछ । यस्तो अवस्थामा हामी तपाईंसँग जोडिएको त्यस्तो प्रविधिको बारेमा जानकारी दिँदै छौँ जसको प्रयोगले तपाईंले आफैँले आफैँलाई निकै गतिवान भएको महसुस गर्नु सक्नुहुनेछ ।
१. विन्डोज १०ः
विन्डोजको यो सबैभन्दा लेटेस्ट भर्जन हो जुन एकपटक फेरी स्टार्ट मेनुको साथमा ल्याइएको छ । स्मरण रहोस्, योभन्दा पहिला आएको विन्डोज ८ मा स्टार्ट मेनुलाई गायब गरिएको थियो । यसमा अचम्मित गर्ने कुरा के छ भने माइक्रोसफ्ट विन्डोज ९ निकाल्नुको साटो सिधै विन्डोज १० लिएर आएको छ जुन तिव्र गतिको मात्र नभई निकै धेरै युनिक फिचर्सहरु समेत रहेको छ । यो ओएसलाई कम्प्युटर, ट्याबलेट तथा ल्यापटपका लागि यो वर्ष जारी गरिएको छ ।
२. एन्ड्रोइड ५.० ललिपपः
नयाँ वर्षमा गुगलको तर्फबाट यो नयाँ उपहार हो । यो एन्ड्रोइडको सबैभन्दा लेटेस्ट भर्जन हो जुन थुप्रै युजर इन्टरफेस फिचर्सको तुलनामा आकर्षक रहेको छ । यसले स्मार्टफोनको स्पिडलाई पनि फास्ट गर्ने गर्दछ भने भाइरसबाट बचाउन सक्षम छ । एन्ड्रोइड ५.० ललिपप ओएस भएको ग्याजेट निकै शानदार हुने गर्दछ । कम्पनीले थुप्रै फोनका लागि यसको अपडेट सुरु पनि गरिसकेको छ ।
३. युएसबी ३.०ः
यो युनिभर्सल सिरियल बस स्ट्यान्डको नयाँ भर्जन हो जुन निकै तेज गतिको छ र यो नयाँ वर्षमा नयाँ ग्याजेटको रुपमा आउने भएको छ । यसलाई सुपरस्पिड नामबाट नयाँ मोड दिइएको छ जुन ५ गिगाबाइट सेकेन्ड को दरमा डाटा ट्रान्सफर हुने बताइएको छ । यो युएसबी २.० भन्दा १० गुणा बढि तेज हुनेछ ।
४. एमएचएलः
यो मोबाइल अडियो÷ भिडियो इन्टरफेसका लागि मोबाइल हाई डेफिनेसन लिंक हो जसले मोबाइल फोन, ट्याबलेट तथा अन्य पोर्टेबल डिभाइसेजलाई सिधै एचडी टिभी र अन्य अडियो रिसिभर्ससँग कनेक्ट गर्ने गर्दछ। एचएमएल ३.० स्ट्याण्डर्ड ४के (अल्ट्रा एचडी) भिडियो तथा ७.१ अडियो सपोर्ट गर्ने गर्दछ । यसमार्फत फोनद्वारा सूट गरिएको ४के भिडियोलाई टिभीमा हेरेर मजा लिन सकिनेछ ।
५. ब्लुटुथ स्मार्टः
यो ब्लुटुथ स्मार्टको नयाँ भर्जन ४.२ को नामबाट आएको हो । फोनसँग कनेक्ट हुनका लागि यसमा निकै धेरै सुरक्षा दिइएको छ । यसलाई पनि यो वर्ष नै जारी गरिने भएको छ ।
६. एनएफसीः
नियर फिल्ड कम्युनिकेसन एउटा कन्ट्याकलेट वाइ–फाई स्टाइल प्रविधि हो जसको सहायताले इन्टरनेट डाटालाई दुई ग्याजेट्सबिच ट्रान्सफर गर्न सकिन्छ । यतिमात्र होइन, यसमा काम गर्ने एक एप पनि आइरहेको छ जसको मद्दतले सपिङ मलमा किनमेल पछि पैसा तिर्न सकिनेछ । यदि तपाईं सँग यो प्रविधि छ भने तपाईंसँग क्रेडिट कार्ड हुनै पर्छ भन्ने आवश्यक छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१