छात्राहरु बेहोस हुन थालेपछि रुद्रीपुजा लगाएर विद्यालय खोल्ने !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०५:१८

bidharthibihos
रामेछाप ।   विद्यालयमा अध्यनरत छात्राहरु अकस्मात एकपछि अर्को हुँदै बेहोस हुनथालेपछि पकरवास गाविसमा रहेको प्रयागेश्वर उमावि एकसाताको लागि बन्द भएको छ । विद्यालय परिसरमा रुद्रीपुजा लगाएर मात्र विद्यालय खोल्ने तयारी भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका छात्राहरुमा एक्कासी रुने, कराउने, बर्बराउने, काम्ने, साथीसंगीलाई कुटपीट गर्ने र बेहोस हुनेजस्ता लक्षण देखापरेपछि विद्यालय प्रशासनले एकहप्ताको लागि विद्यालय वन्द गरेको विद्यालयका शिक्षक हरिनारायण श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार शुक्रबारबाट एकपछि अर्को हुँदै छात्राहरु बेहोस हुन थालेका थिए । आइतबारदेखि क्रमशः अन्य विद्यार्थीहरुमा पनि उक्त रोग देखिएको हो । विद्यालयका छात्राहरुमध्ये कक्षा ८, ९ र १० मा अध्ययन गर्ने छात्रामा मात्र यो रोग देखा परेको छ ।
पढिरहेको बेला एक छात्रा बेहोस भएर ढल्ने वितिक्कै अन्य साथीहरु पनि एकपछि अर्को ढल्दै जाने गरेपछि विद्यालय प्रशासनले नजिकैको स्वास्थ्य चौकीवाट स्वास्थ्यकर्मी ल्याएर छात्राहरुको स्वास्थ्य परिक्षण समेत गराएको छ । स्वास्थ्य परिक्षणमा संलग्न पकरवास स्वास्थ्य चौकीका इन्चार्ज ओमप्रकास श्रेष्ठले छात्राहरुमा मासहिस्टोरियाको लक्षण देखापरेको बताउनु भयो ।
यसरी एकाएक विद्यालयमा अध्ययरत छात्राहरुमा नयाँ प्रकृतिको रोग देखापरेपछि विद्यालय प्रशासनले विद्यालय परिसरमा रुद्रीपुजा लगाएर मात्र विद्यालय खोल्ने तयारी गरेको प्रयागेश्वर उमाविका प्रअ चन्द्रप्रकास गौतमले जानकारी दिनु भयो ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१