सामसुङले ल्यायो अनौठो स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०६:४९
साउथ कोरियन स्मार्टफोन कम्पनी सामसुङले अनौठो डिजाइनको सामसुङ ग्यालेक्सी नोट एड्ज (Samsung Galaxy Note Edge) बजारमा ल्याएको छ । कम्पनीले यसको मूल्य भने १०३,८४० नेपाली रुपिया तोकेको छ ।

सामसुङ ग्यालेक्सी नोट एड्ज संसारकै पहिलो यस्तो स्मार्टफोन हो जसको एक साइडमा स्क्रिन उठेको छ । नयाँ वर्षसँगै यसको बिक्रि सुरु हुने बताइएको छ ।सामसुङका अनुसार यसरी स्क्रिनलाई एकतर्फ मोड्नुको उद्देश्य धेरै नै प्रयोग हुने एप्सलाई सरल र छिटो उपलब्ध गराउनु हो ।

स्क्रिनको कभर हुँदा पनि यो स्मार्टफोनबाट छिट्टै एप्स चलाउन सकिनेछ ।३२ जिबी इन्टरनल स्टोरेज भएको सामसुङ ग्यालेक्सी नोट एड्ज मा ५.६ इन्च क्वाँड-एचडी (१६००x२५६० पिक्सेल) को सुपर एमोलेड डिस्प्ले रहेको छ । साथै १६ मेगापिक्सेलको फ्ल्यास सहितको क्यामरा पनि यसमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१