पानी खानु पनि मानिसका लागी खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०६:४२
पानी मानव शरिरका अत्यावश्यक तत्व मानिन्छ । मानिसको शरिरमा ४ भाग मध्ये ३ भागमा पानी रहेको छ भनिन्छ । मानिसको शरीरमा पानी पर्याप्त मात्रामा छ चने छालामा चमक आउनुका साथै तौलमा पनि सन्तुलन राख्छ । तर, चाहिने भन्दा बढी मात्रामा पानी पिउनु पनि शरिरका हानीकारक हुने तथ्यहरु फेला परेको छ । धेरै पानी पिउनाले शरीरका अंगलाई हानी पुर्याउने गर्दछ भनेर बैज्ञानिकहरुले बताएका छन् ।
पानी धेरै पिउदाँ के के हुन्छ त हानी  ?
१. चाहिनेभन्दा धेरै पानी पिउनाले मिर्गौलामा दबाब पर्न जान्छ जसले मिर्गौलाको रोग निम्त्याउन सक्छ ।
२. पानीको ओभरडोजका कारण मुटुमा पनि असर गर्ने र धेरै पानी पिउनु हृदयघातको कारक बन्ने सम्भावना हुन्छ ।
३. धेरै जनाको सुतेर उठेपछि खाली पेटमा पानी पिउने बानी हुन्छ । खाली पेटमा पानी पिउनाले कतिपय अवस्थामा रुघा खोकी लाग्ने संभावना हुन्छ ।
४. चाहिनेभन्दा बढी मात्रामा पानी पिउनाले हाम्रो शरीरको पाचन रसले काम गर्न छाड्छ । त्यसले गर्दा खाना पच्न निकै गाह्रो हुन्छ । कतिपय अवस्थामा खाना पच्न नसकेर पखाला लाग्ने पनि हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१