विमल घर्ती मगर प्रशिक्षणका लागि बेल्जियम जाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०६:३७
काठमाडौं ।चर्चित नेपाली राष्ट्रिय फुटवल टोलीका विमल घर्ती मगर प्रशिक्षणका लागि बेल्जियम जाने युवा स्ट्राइकर विमल घर्तीमगर तीन महिने प्रशिक्षणका लागि बेल्जियम जाने भएका छन् ।यस अघि पनि बेल्जियममा खेल देखाइसकेका बिमल बेल्जियमको केआरसी गेन्क फुटवल क्लवले विमललाई तीन महिनाका लागि प्रशिक्षित गर्ने इच्छा देखाएको अखिल नेपाल फुटवल संघ एन्फाले जानकारी दिएको छ।
क्लवका खेलकुद निर्देशक गुन्टर ज्याकबले एन्फालाई पत्र पठाउँदै त्यस्तो आग्रह गरेको बताइएको छ क्लवले विमलको खान, बस्न र यातायात खर्च समेत बेहोर्ने पत्रमा उल्लेख छ ।एन्फाका अनुसार विमल आगामी माघ १ गते बेल्जियम प्रस्थान गर्नेछन् ।
यअसघि विमललाई एण्डरलेक क्लव पुर्‍याउने मध्यस्थकर्ता लुईस डी भेरेक्सलेनै यो पटक उनलाई केआरसी गेन्क पुर्‍याउन लागेका हुन् ।यूरोप बाहिरका व्यक्तिलाई दिने भिसामा कडाइ भएपछि एण्डरलेकस“ग अनुबन्ध थप्न अप्ठेरो परेको यु–१७ फुटवल टीमका क्याप्टेन विमलले बताए । केआरसी गेन्क बेल्जियमको प्रो लिग खेल्ने क्लव हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१