नेपालको पर्यटन पत्रकारितामा सन्जोग आचार्य कुनै नौलो नाम हैन । उनलाई धेरैले पर्यटन पत्रकारिताका आचार्यको रुपमा समेत चिन्ने गर्दछन् । वि.स २०५५ सालमा सर्लाही जिल्लाको जनज्योती स्कुलबाट उत्कृष्ट अंक ल्याएर प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गरेपछि उनलाई धेरैले डाक्टर, इन्जिनियरिङ पढ्न सुझाव दिए ।
स्कुलमा निकै कम संख्यामा प्रथम श्रेणीमा उत्तिर्ण हुने विद्यार्थी मध्यका आचार्य पनि एक थिए । इञ्जिनियरिङ पढ्नको लागि काठमाडौं पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भर्ना हुन दबाव आइरहेको अवस्थामा आचार्यले भने आफ्नो रोजाईमा कला विषय नै पढ्ने निर्णय गरे । प्राध्यापक बन्ने चाहना अनुसार हिसाब विषय लिएर बानेश्वर क्याम्पसबाट मानवीकि विषयमा आईए उत्तिर्ण गरेपछि पढाइसंगै जागिरे जीवनमा होमिए ।
पर्यटन पत्रकार संघका महासचिव सन्जोग आचार्यको नेतृत्वमा संघका पदाधिकारीको राष्ट्रपति रामवरण यादवसंग भेटघाट
बुवाको चाहना अनुसार उनी प्राध्यापक भन्दा पनि पत्रकारितातर्फ होमिए । सानो उमेरमा नै उनले जागीरसंगै पढाइलाई पनि अगाडि बढाए गोरखापत्र दैनिकमा विगत दश वर्ष देखि कार्यरत आचार्यको नाम छोटो समयमा नै स्थापित हुन पुग्यो । पाटक क्याम्पसबाट समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर (एमए ) गरेका आचार्यले अनुसन्धानमा पनि उत्तिकै रुची राख्छन् । पर्यटन पत्रकारितामानै पिएचडी गर्ने तयारी गरिरहेका आचार्य यो क्षेत्रबाट राम्रो दखल राख्ने पत्रकारको रुपमा चिनिन्छन् ।
आचार्यले नेपालका पर्यटन पत्रकारहरुलाई एकबद्ध गर्ने ढंगले पर्यटन पत्रकार संघ (जाट) नेपाल स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आचार्य पर्यटन पत्रकार संघका संस्थापक महासचिव पनि हुन् । हाल संघका उपाध्यक्ष रहेका आचार्यमा संघमा रहेर थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन् । आचार्यले संचारकर्मीबीच अन्तर मिडिया वाल क्लाइमिङ, हेरिटेज म्याराथनको संयोजकको भूमिका समेत निभएका छन् ।
पर्यटन पत्रकारिताको क्रममा उनले थुप्रै देश समेत भ्रमण गरिसकेका छन् । जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, थाईल्याण्ड, मलेसिया, सिंगापुर, युएई, भारत, चीन, बंगलादेश लगायत देशको उनले भ्रमण गरिसकेका छन् । आचार्यले अन्तराष्ट्रियस्तरबाट पर्यटनका समाचार, लेख रचना लेख्नुका साथै देशका ५५ भन्दा बढीको भ्रमण गरिसकेका छन् ।
मलेसियाको माटा सम्मेलनमा नेपाली पर्यटन क्षेत्रका पत्रकारसंग आचार्य (बाया प्रथम )
पिस्कर हत्याकाण्ड सम्बन्धी खोज, सर्लाही टेल पुस्तका प्रकाशक समेत गरेका आचार्यले लुम्बिनी भ्रमण वर्ष २०१२, नेपाल पर्यटन वर्ष २०११ को प्रवद्र्धनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपालमा पर्यटन पत्रकारितामार्फत अन्तरिक र अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गरे स्वरुप आचार्य राष्ट्रिय युवा प्रतिभा सम्मानबाट समेत सम्मानित भए ।
पत्रकारिताबाट यो पुरस्कार पाउने आचार्य पहिलो र एक मात्र पत्रकार हुन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले एक लाख सहित आचार्यलाई यो सम्मान प्रदान गर्नुमा पर्यटन पत्रकारिताको नै हात छ । पाटा नेपाल मिडिया च्याप्टरका सदस्य समेत रहेका आचार्यलाई सन् २०११ को पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएवापत प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
आचार्यले एएफसी यु १३ फुटबल प्रतियोगिता र राजस्थानमा भएको एशियन कर्फबल प्रतियोगिताको समाचार अन्तराष्ट्रियस्तरमा संकलन गरेका छन् । पर्यटन पत्रकारता सम्बन्धि तालिम, जानकारी र अध्यापन गराउने कार्यमा समेत आचार्य उत्तिकै सक्रिय छन् । पर्यटन क्षेत्रमा उनका थुप्रै लेख रचना, विचार, फिचर छापिएका छन् । पर्यटन पत्रकारितामा नै पिएचडी गर्ने तयारी गरिरहेका यो क्षेत्रमा आउन चाहने अरु युवाले पनि आचार्यबाट पे्ररणा लिन जरुरी छ ।
विश्व पर्यटन दिवसमा आयोजित अन्तर मिडिया हेरिटेज दौडमा पर्यटन मन्त्री रामकुमार श्रेष्ठका साथ कार्यक्रमका संयोजक आचार्य ।
धामिर्क पर्यटनले महत्वपूर्ण रहेको जनकपुरमा राम नवमीको दिन पिता केदार आचार्य र आमा अम्बुदेवीको कोखबाट जन्मनुभएको आचार्य बास्तविक जिवनमा निकै फरासिला छन् । जनकपुर अञ्चलक आचार्यको वाल्यकाल भने राजधानी काठमाडौंमा नै वित्यो । आचार्यले काठमाडौं महाराजगंज स्थित भानुभक्त मेमोरियल स्कुलबाट प्रारम्भिक अध्ययन सुरु गरेका थिए ।
कक्षा ५ देखि भने उनी प्रदर्शनीमार्ग भृकुटीमण्डमा रहेको पद्मोदयमा अध्ययन गरे । त्यसपछि कामको सिलसिलामा वुवा सर्लाही जानुपर्ने भएकोले उनले ७ कक्षा देखि सर्लाही लालबन्दीमा रहेको जनज्योति स्कुलमा अध्ययन गरे । आचार्य स्कुलमा पढाईसंगै खेलकुदमा पनि उत्तिकै अब्बल थिए ।
१५ वर्षको उमेरमानै उनले जनज्योति स्कुलबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गरे । वि.स २०५५ सालमा जनज्योतिबाट मात्र १० जना मात्र प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए । त्यो समय उत्कृष्ट अंक ल्याएर प्रथम श्रेणीमा उत्तिर्ण भएपछि आचार्यलाई स्कुल, साथिमाई र आफन्तको बधाईको ओइरो लाग्यो । प्रथम श्रेणीमा उत्तिर्ण भएपछि आचार्यलाई आफन्तबाट डाक्टर र इन्ञिनियरिङ पढ्न चारै तिरबाट दबाव आयो ।
वतावरण जोगाउन साइकल प्रयोग गर्ने अभियानमा कीर्तिमानी साइकल यात्री पुष्कर शाहको साथमा पत्रकार आचार्य
मध्यम परिवारका भएकोले उनको भने रुची कला र पत्रकारितामा नै थियो । बुवा पत्रकारिता क्षेत्रमा रहेकाले उनलाई पनि त्यसतर्फ रुची बढ्दै थियो वुवाको सम्पदाकत्वमा प्रकाशित वर्तमान साप्ताहिमा उनले दश वर्षको उमेरदेखि नै कवित, लेखहरु लेख्ने गर्थे । पत्रकारितमा त्यतिखेर खासै भविष्य नभएकोले वुवालाई पनि डाक्टर वा इञ्जिनियर बनाउने रहर थियो । पढ्नको लागि पुल्चोक इञ्जिनियरिङ कलेजमा भर्ना समेत भइसकेका आचार्यले अन्तत कला लिएर पढ्ने अडान लिए ।
उनको रुची कला विषयमा नै भएपछि बुवाले पनि बानेश्वर क्याम्पस शान्तिनगरमा भर्ना गरिदिनुभयो । बानेश्वर कलेजबाट आइए उत्तिर्ण गरेका उनलाई जागिर खाने रहर चल्यो । वि.स २०५७ तिर माओवादी जनयुद्ध चरम उत्सर्गमा थियो । हुने खाने र ठूला बडाका छोराछोरी आर्मी र पुलिसमा जागीर खादैन थिए । त्यही मौकमा उनलाई भने आर्मीको अधिकृत सेकेण्ड लेफ्टिनेण्ट बन्ने रहर चल्यो ।
अन्तराष्ट्रिय सगरमाथा दिवसमा आयोजित अन्तर मिडिया वाल क्लामिङको सम्बन्धमा जानकारी गराउर्दै कार्यक्रमका संयोजक आचार्य ।
आचार्यले साथिभाईसंगै दरखास्त पनि दिए । शाररिक परीक्षा, आइक्यु र लिखित समेत उत्तिर्ण भएका आचार्यले भने अन्तत परिवारको दवाबमा त्यसपछि थप परीक्षामा सामेत भएनन् । सेना भएपछि माओवादीको एम्बुसमा पर्न सक्ने र सेनाको परिवारलाई दुख दिने भयले बुवाको अनुरोधमा उनले परीक्षामा समेल भएनन् । आचार्यले पत्रकारितामानै रुची देखेर बुवाले गोरखापत्र दैनिकमा जागिर लगाइदिनुभयो ।
वि.स २०६१ सालमा गोरखापत्र दैनिकमा खेलकुद पत्रकारको रुपमा प्रवेश गरेका आचार्यको त्यसपछि भने यही क्षेत्रमा रुची बढ्दै गयो । खेलकुद पत्रकारितामा आचार्य छोटो समयमा नै स्थापित भए । उनले ओलम्पिक कमिटीको भ्रष्टाचार काण्ड, एथलेटिक्स संघमा राजनीतिक करण, खेलकुद परिषद्कमा बेरुजुका विषय लगायत थुप्रै यस्ता समाचार प्रकाशन गरे । ओलम्पिक कमिटीका वर्तमान महासचिव जीवराम श्रेष्ठ तत्कालिन सदस्य सचिव समेत रहेका थिए ।
ओलम्पिक कमिटीको भ्रष्टाचार काण्ड आउन थालेपछि आचार्यलाई धेरै लोभ लालच देखाइयो । तर उनी निर्धक्क भइकन समाचार सम्प्रेषण गर्थे । सरकारी सञ्चारमाध्यममा कार्यरत रहेकोले काम भने सहज थिएन । अन्तत युवा पत्रकारितामा उनको मनोवल त्यतिखेर गिर्यो जब गोरखापत्रमा उनलाई राजनीतिको सिकार बनाइयो ।
एशियन जर्नलिष्ट एसोसियनको आयोजनामा लुम्बिनी पिस सम्मेलनमा संघको सदस्यको तर्फबाट प्रतिनिधित्व गर्दै आचार्य ।
एमालेका केन्द«य नेता जीवनराम नाम पनि ओलम्पिक कमिटीको भ्रष्टाचारमा आउन थालेपछि एमाले समर्थन विजय चालिसे सम्पादक रहेकोले कार्यालयमा निकै दबाव आयो । चालिसेले गोरखापत्रको काम भ्रष्टाचारका कुरा उठाउने हैन यो सरकारको गुनगान गाउने पत्रिका हो भन्दै उनलाई विट परिवर्तन गर्न दबाव आयो । आचार्यले पर्वतीय खेलकुदमा पनि कलम चलाउने भएकोले उनले पर्यटन क्षेत्रलाई रोजे ।
थाइल्याण्डको पाटा सम्मेलनमा समाचार संम्प्रेषण गर्दै आचार्य
केही समयको खेलकुद पत्रकारितापछि उनी निरन्तर पर्यटन क्षेत्रमा कलम चलाउन थाले । अन्तत उनले यो क्षेत्रबाट नाम, दाम, प्रतिष्ठा, इञ्जत सबै कमाउन पुगे । खाने मुखलाई जुगाले छेक्दैन भनेजस्तै उनले जुन क्षेत्रमा रहेर पनि आफूलाई अब्बल सावित गरेका छन् । पर्यटन क्षेत्रमा उनले थुप्रै यस्ता लेख रचना, समाचार सम्प्रेषण गरेका छन् जसले उनलाई यो क्षेत्रमा थप लाग्न उत्प्रेरणा प्रदान गर्यो ।
विश्वकीर्तिमानी बावुछिरि शेर्पाको परिवार विचल्ली भन्ने समाचार गोरखापत्रको प्रथम पृष्ठमा प्रकाशित भएपछि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले उनलाई फोन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भेट्न बोलाएको क्षण भने उनी अझ आफ्नो मानसपटलमा आइरहेका बताउछन् ।
प्रधानमन्त्री कार्यालयमा आचार्यको रोहवरमा प्रधानमन्त्री नेपालले बावुछिरिको परिवारलाई सहयोग गरे । त्यो सफलतापछि आचार्यले पर्यटन क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन । उनले आप्पा शेर्पा, ग्रेटहिमालयन टे«ल, सगरमाथा, बुद्ध सम्बन्धि धेरै लेखरचना र समाचार प्रकाशित गरे । जसले आचार्यलाई यो क्षेत्रमा थप परिचित बनाउदै लग्यो । आचार्यको सक्रियतामा पर्यटन पत्रकारहरुको छाता संगठन पर्यटन पत्रकार संघ नेपाल पनि गठन भयो ।
नेपालका प्रमुख सञ्चारमाध्यमका ५० भन्दा बढी संचारकर्मीको छाता संगठनको रुपमा स्थापित जाट नेपालका उनी संस्थापक महासचिव भएर काम गरे । त्यो समय उनले नेपालको आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । आचार्यको संयोजकत्वमा संचारकर्मीको बृत्ति विकासको लागि विश्व पर्यटन दिवसमा करिब ३ सय पत्रकारहरुको सहभागितामा अन्तर मिडिया हेरिटेज भ्याराथन आयोजना भयो । अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा उनकै संयोजकत्वमा अन्तर मिडिया वाल क्लाइमिङ प्रतियोगिता पनि सम्पन्न भयो । नेपाल पर्यटन वर्ष २०११, लुम्बिनी भ्रमण वर्ष २०१२ लगायत राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रममा आचार्यले सक्रिय रुपमा समाचार संकलन गरी निर्णायक मण्डलमा रहेर समेत काम गरेका थिए ।
नेदरल्याण्ड्मा आयोजित भ्याट्रिच फेस्टिवल र ग्लोवल एक्सप्लोरेसनमा आचार्य
आचार्यको संयोजकत्वमा पत्रकारहरुको बृत्ति विकासको लागि भन्दै ४० जना पत्रकारलाई आर्ट अफ लिभिङको कोर्स पनि गराए । आचार्यले राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रियस्तरमा पनि नेपालको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।उनले थाइल्याण्डमा आयोजित पाटा सम्मेलनमा बुद्ध भारतमा जन्मीएको भनेर थाइल्याण्डमा फैलिएको भ्रमलाई चिर्ने काम गरे ।
थाइल्याण्डको पाटा सम्मेलन, मलेसियाको माटा सम्मेलन, नेदरल्याण्डको सास्कृतिक आदानप्रदान र भ्याट्रिच फेस्टिवल, बंगलादेशको एएफ यु १३ फुटबल फेस्टिवल, राजस्थानमा आयोजित एशियन कर्फबल प्रतियोगिताको समाचार सम्प्रेषण गरी नेपालमा खेलकुद, पर्वतीय र सस्कृतिक पर्यटन प्रवद्र्धनको काम गरे । समाजशास्त्रमा स्नातकोत्तर गरेका आचार्यले पत्रकारितामार्फत नेपालको राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गरे स्वरुप थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।
आचार्यलाई नेपाल सकारको मन्त्रिस्तरीय निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले राष्टिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गर्यो । एक लाख राशीसहितको उक्त पुरस्कार पाउने आचार्य नेपालको पहिलो युवा पत्रकार हुन् । पत्रकारितामार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, खोज अनुसन्धान गरी नेपालको पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गर्यो ।
पर्यटन पत्रकारको सुरक्षाको माग गर्दै नेपाली काग्रेसका महामन्त्री एवं गृह मन्त्री कृष्ण प्रसाद सिटौलालाई ज्ञापनपत्र बुझाउर्दै आचार्य ।
त्यसपछि आचार्यले नागरिक विकास उत्कृष्ट पर्यटन पत्रकारिता पुरकार, टुरगान उत्कृष्ट पत्रकारिता पुरस्कार, अन्तराष्टिय पर्यटन प्रवद्र्धन सम्मान, गन्तब्य नेपाल उत्कृष्त पत्रकारिता पुरस्कार लगायत थुप्रै राष्टियस्तरको पुरस्कार र सम्मान पाएका छन् । उनी नेपालका पर्यटनसंगै सम्बन्धित धेरै संघ सस्थाका सल्लाहकारको रुपमा समेत रहेका छन् । एशियन जर्नलिष्ट एसोसियसन, दक्षिण एशियाली खेलकुद पत्रकार मञ्च, पर्यटन पत्रकार संघ, नेपाल पत्रकार महासंघ, प्रेस युनियन, पाटा नेपाल च्याप्टर मिडिया पोलका सदस्य लगायत धेरै पत्रकारितासंग सम्बन्धि संघ सस्थामा पनि आवद्ध छन् ।
आचार्यले छापा माध्यमसंगै इलेक्टोनिक माध्यमका पत्रकारितामा पनि उत्तिकै योगदान पुर्याएका छन् । एक दशकभन्दा बढीको अनुभवलाई संगाल्ने आचार्यले अनलाईन पत्रकारिताको पनि सुरुवात गराए । पर्यटन क्षेत्रको सम्भवत पहिलो अनलाईन पत्रिकाको रुपमा उनले इपर्यटन डट कम भन्ने अनलाई सुरु गरे । कम्पनी रजिटारको कार्यालय र सूचना विभागमा दर्ता गरी सम्भवन नेपालमानै पहिलो पर्यटन क्षेत्रको अनलाईनको सुरुवात आचार्यले गरे । उनी इपर्यटन डट कमका अध्यक्ष पनि हुन् ।
अष्टेलियाको ब्लु अम्प्रेला अर्गनाइजेशन र इ पर्यटन मिडियाको आयोजनामा भएको बागमती सफाई अभियानका संयोजक आचार्य ।
पर्यटन सम्बन्धि सबैभन्दा छिटो र एकै थलोबाट समाचार सम्प्रेषण गर्ने उदेश्यले उनले यसको थालनी गरेको बताए । आचार्य अर्को अनलाईन पत्रिका न्युज नेपाली डट कमका सम्पादक पनि हुन् । यसअघि पर्यटन क्षेत्रको पहिलो साप्ताहिक पत्रिका पर्यटन साप्ताहिकको सम्पादकको रुपमा समेत काम गरेका थिए । नेदरल्याण्ड्का समाजसेवी डाक्टर एल्बर्टको सहयोगमा स्थापित हिमालन ड्रिम टिमका उनी अन्तराष्टिय सञ्चार संयोजक पनि हुन् । राष्टिय र अन्तराष्टिय क्षेत्रका थुप्रै अनुभव बटुले पनि अन्तत आचार्यले आफ्नो गाउलाई भने विर्सेनन् । उनले तराई पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सर्लाहीमा पत्रकार भ्रमण र सर्लाहीको पर्यटन सम्बन्धी खोजमूलक सर्लाही टेल नामक पुस्तक पनि प्रकाशित गरे ।
आचार्यले यो क्षेत्रबाट दाम, नाम र प्रतिष्ठासंगै केही तिता मिठा अनुभव पनि संगालेका छन् । पर्यटन क्षेत्रमा हुने गरेको राजनीतिकरण र बन्द, हड्तालको भने उनी पूर्ण विरोधी पत्रकारको रुपमा चिनिन्छन् । पर्यटन क्षेत्रमा सधै सकारात्मक सन्देश दिने समाचार आचार्य सम्प्रेषण गर्दछन् । उनले नेपाल पर्यटन वर्ष २०११ म भएको बन्द, हड्ताल र यसबाट परेको प्रभाव सम्बन्धि अनुसन्धान समेत गरी सरकारलाई रिपोर्ट दिएका छन् ।
थाइल्याण्डको पाटा सम्मेलनमा पर्यटन पत्रकार संघका महासचिव शिव श्रेष्ठका साथमा उपाध्यक्ष आचार्य ।
आचार्यले पर्यटन क्षेत्रका प्रमुख निकाय सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, टेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल, ठमेल पर्यटन विकास परिषद्, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस्, पाटा नेपाल च्याप्टर, राष्ट्रिय खेलकुद परिषद्, सगरमाथा आरोही संघ नेपाल एसोसियसन अफ र्याफटिङ एजेण्ट्स, होटल एसोसियसन अफ नेपाललगायत विभिन्न संघ सस्थालाई आवश्यक परेको अवस्थामा सल्लाह, सुझावसंगै ती निकायको हरेक काममा सक्रियताका साथ संलग्न रहेर काम गर्ने गर्दछन् ।
उनको सम्बन्धमा नेपालका प्रमुख दैनिक पत्रिका द काठमाडौं पोष्ट, द राइजिङ नेपाल, हिमालयन टाइम्स, रिपब्लिका, कान्तिपुर, नागरिक दैनिक, गोरखापत्र दैनिक, राजधानी दैनिक, युवा मञ्च, बुटवल टुडेलगायत थुप्रै दैनिक पत्रिकामा समाचार प्रकाशित छन् । आचार्यको सम्बन्धमा नेपाल वान टेलिभिजन, हिमालयन टेलिभिजन, माउण्टेन टेलिभिजन, न्युज २४, एभीन्युज टेलिभिजन, सगरमाथा टेलिभिजनले समाचार सम्प्रेषण गरेका छन् । उनको सम्बन्धमा कयौ अनलाई पत्रिका र रेडियोबाट समेत समाचार आउने गरेको छ । धेरै सस्थाका निर्णायक मण्डलमा रहेको, सल्लाहकार समेत रहेर काम गरेका आचार्यको यो उपलब्धि बास्तवमा भोली पर्यटन पत्रकारितामा आउन चाहनेको लागि प्रेरणाको श्रोत बन्न सक्छ ।
पुरस्कार
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक लाख पुरस्कार सहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार सम्मान गर्दै मन्त्रिपरिषद्का अध्यक्ष (प्रधानमन्त्री) खिलराज रेग्मी .
पूर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीबाट नागरिक विकास उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार ग्रहण गर्दै आचार्य ।
पर्यटन मन्त्री पोष्टबहादुर बोगटीबाट सम्मान ग्रहण गर्दै ।
नेपाल सरकारका मुख्य सचिव खिलराज रेग्मीबाट टुरिष्ट गाईड एसोसियसन टुरगान उत्कृष्ट पत्रकारिता पुरस्कारबाट ग्रहण गर्दैै आचार्य ।
नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदुतबाट अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धन सम्मान ग्रहण गर्दै आचार्य ।
विदेश भ्रमण
१. जर्मनी ( Germany )
.२. मलेसिया (Malaysia )
३ . थाइल्याण्ड ( Thailand )
.४ बेल्जियम (Belgium )
५ सिंगापुर (Singapore )
६.युर्एइ (U.A.E)
७. चीन
८. भारत
९ नेदरल्याण्ड्स
प्रस्तुती ः संगीता बराल
प्रतिक्रिया