विदेशमा काम गर्न जाँदा कहाँ कति खर्च लाग्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०५:४५

 

स्वदेशमा काम नपाएको भन्दै पैसा कमाउनकै लागि विदेशिने नेपाली युवाको संख्या दिनदिनै बढ्दै छ । वैदेशिक रोजगार विभागका अनुसार एक दिनमा १५ सय नेपाली काम गर्नकै लागि विदेश जाने गरेका छन् ।
 विदेश जानेको जमात बढ्न थालेपछि एजेन्ट र म्यानपावरको संख्या पनि बढ्दै गएको छ । उनीहरुले मेडिकल खर्चसँगै अरु खर्चपनि जोडेर १ लाख ५० हजारदेखि साढे २ लाखभन्दा बढी पैसा लिने गरेका छन् । जबकी श्रम तथा रोजगार विभागले नेपालीका लागि काम गर्न जाने विभिन्न १२ मुलुकको लागि अधिकतम लागत खर्च तोकिदिएको छ । विभागले मलेसिया, पोल्याण्ड र रसियाको लागि अधिकतम लागत ८० हजार रुपैयाँ तोकेको छ । यसैगरी बहराइन, कुवेत, लेबनान, ओमन, साउदी अरयिबा र युएई को लागि ७० हजार रुपैयाँ, जापानको लागि ५० हजार रुपैयाँ तोकेको विभागले कतारको लागि २० हजार रुपैयाँ व्यवस्था गरेको छ । सबैभन्दा कम मौरिसेसको लागि १९ हजार रुपैयाँ लाग्ने विभागले जनाएको छ । तर आम नागरिक विभागले तोकेकोभन्दा बढी रकम तिरेर विदेश गैरहेका छन् ।
 वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगिने क्रम बढेपछि विभागले यी मुलुकका लागि रकम तोकिदिएको हो । तर रकम तोकिदिएपनि उचित अनुगमनका साथै कहाँ उजुरी गर्ने भन्ने विषयमा आम नागरिकलाई जानकारी नहुँदा विदेशिन लागेका यूवा ठगिने क्रम जारी छ । विभागले तोकेकोभन्दा बढी रकम माग गर्ने एजेन्ट वा म्यानपावर कम्पनी विरुद्ध निवेदन दिए, विभागले कारवाही पनि गर्नेछ ।
 उजुरीको लागि ४४६१२९९ र ४१०२७०९ नम्बरमा फोन गर्न पनि विभागले भनेको छ । यसैगरी फ्याक्स नम्बर ४११२४७३ वा ४१०२७०९ मा पनि उजुरी गर्न सक्नुहुन्छ । [email protected] मा ईमेल गर्न पनि विभागले सबैसँग अनुरोध गरेको छ । विदेशीनेमध्ये धेरै नेपाली युवाको गन्तव्य मध्यपूर्वका अरबी मुलुकहरु साउदी अरब, कतार, कुवेत, युएई, ओमान तथा बहराइन हुन् ।

प्रतिक्रिया