कलेजमा पुगेर आश्मा र सलोनले यस्तोपो गरे किन होला !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७१, बुधबार ०७:००

काठमाडौँ,१६ पौष ।  यूवापुस्ता केन्दि्रत चलचित्र भएका कारण पनि पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’ यूनिटले कलेज केन्द्रित प्रमोशन सुरु गरेको छ ।

चलचित्रका कलाकार तथा निर्माण यूनिट आज काठमाण्डौका विभिन्न कलेजमा पुगेका छन् । कलाकारहरु सलोन बस्नोत, आश्मा डीसीको साथमा निर्माता गोविन्द शाही कलेज पुगेका हुन् । चलचित्रको प्रचार हेरिरहेका निर्माता सुनिल रावल पनि प्रचारमा देखिएका छन् । उनीहरुले कलेजका विद्यार्थीलाई ‘आभाष’को बारेमा जानकारी गराएका छन् । विद्यार्थीमाँझ चलचित्रको पोष्टर कार्ड समेत उनीहरुले बाँडेका थिए ।
यूवापुस्तालाई केन्द्रित गरिएका चलचित्रले विभिन्न कलेज केन्द्रित प्रमोशनका कार्यक्रम गर्दै आएका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नीशा अधिकारी, संयम पुरीको पनि अभिनय छ । चलचित्रले प्रेममा हुने विछोड, आकर्षणलाई मुख्य बिषय बनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१